काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा, नदी छेउका वस्ती जलमग्न
नेपालबहस संवाददाता
भदौ २१, २०७८ सोमबार १६:३३:३४
२१ भदौ, काठमाडौं । आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीनरचार दिनदेखिको चर्को घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको हो ।
राति साढे २ बजेदेखि ६ बजेसम्म मात्र १००.५ मिलिमिटर वर्षा मापन भएको छ, जुन अतिभारी वर्षा हो । काठमाडौंमा रातिदेखि बिहान ८ः४५ बजेसम्म मात्र १२१.५ मिलिमिटर वर्षा मापन भएको छ । ‘हामीले २४ घन्टाको वर्षा भने पनि राति पानी परेको हो,’ उनले भने ।
अर्यालका अनुसार मनसुनमा मनसुनी न्यून चापीय रेखा बन्दा छरपस्ट वर्षा हुन्छ । तर आइतबार राति चैत-वैशाखझै कालोबादल मडारिएर मेघगर्जनसहित पानी परेको हो, जुन मनसुनी चरित्र होइन । आइतबार राति एकै ठाउँमा केन्द्रित वर्षा भएको उनले बताए ।
बंगलाको खाडीमा विकसित न्यून चापीय क्षेत्र आइतबार साँझ मध्य र पूर्व नेपालबाट प्रवेश गरेको थियो । जलवाष्पयुक्त प्रणाली स्थानीय प्रणालीमा मिसिदा काठमाडौंमा ठूलो वर्षा भयो । काठमाडौंमा केही दिन यता चर्को घामले तापक्रम पनि बढेको थियो । आइतबार मध्यरातिसम्म गर्मी नै थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार