एमालेभित्र सहमति कार्यान्वयनमा समस्या, दोस्रो धारका नेताहरु सशंकित
नेपालबहस संवाददाता
भदौ २१, २०७८ सोमबार २०:२६:७
२१ भदौ, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल समूहमा रहेका दोस्रो र तेस्रो धारका नेता–कार्यकर्तालाई यथावत राख्न गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि दोस्रो तथा तेस्रो धारका नेताहरु अलमलमा परेका छन् ।
एमालेमै बसेका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुको राजनीतिक अडान र उनीहरुले भन्दै आएको पार्टी एकतामाथि प्रश्न उठाउँदै दश बुँदे कार्यान्वयनमा अलमल भए पार्टी रोज्ने आफ्नो अधिकार कायमै रहेको बताउन थालेका छन् ।
पार्टी विभाजनमा कतै नखुलेका कार्यकर्ता तान्ने दुवै पक्षको कसरत जारी रहेकै बेला जेठ २ अघिको एमाले पार्टी संरचनामा फर्काउने भनिएको दश बुँदे कार्यान्वयनप्रति अध्यक्ष ओली पछि हटेको आशंका गर्न थालिएको छ । यसले दोस्रो पुस्ताका तेस्रो धारका नेताहरु अलमलमा परेका हुन् ।
एमालेमा लामो समय माधव नेपालसँग रहेका तर पार्टी विभाजनका बेला नेपाललाई छाडेर एमालेमै बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यान्वयनको विषय उठान गरिरहेका छन् । तर, यही बेला पीपीएलको एक पक्षीय भेला र बनेपामा महासचिव ईश्वर पोखरेलले जेठ २ मा अब एमाले फर्कन नसक्ने फैसला सुनाएपछि एमालेमा १० बुँदे कार्यान्वयनबारे विभिन्न प्रश्न उठ्न थाले लगत्तै दोस्रो तेस्रो धारका नेताहरु सशंकित बनेका हुन् । ओलीसँग उनीहरुले हुबहु सहमति कार्यान्वयन हुने सहमति गरेका थिए ।
‘सहमति कार्यान्वयन गर्ने विषयमा ओली नबोलेपनि ओली पक्षको व्यवहार हेर्दा इमान्दार देखिएनन् । पेलेरै जानेजस्तो नीति देखियो, यसले हामीलाई झस्काएको छ हामी दोधारमै छौं,’ दोस्रो तहका एक नेताले भने । उनका अनुसार आउँदो केन्द्रीय कमिटी बैठकबाट सो कार्यान्वयन हुने र जिम्मेवारी समेत बाँडफाँड हुने भएकाले उनीहरुले आउँदो केन्द्रीय कमिटी बैठक पर्खिरहेका छन् । यो विषयमा दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भूषाल लगायतका नेताहरुले छलफल पनि गरेका छन् । तर ओलीले कार्यविभाजन गर्न बाँकी नै रहेकाले उचित जिम्मेवारी दिने बताएका छन् ।
अब नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै आउँदैन भनेर पटक–पटक दोहोर्याएका महासचि ईश्वर पोखरेलले हिजोको एमाले अहिले नभएको भन्दै विकसित एमाले बनिसकेको बताए । ‘हिजोको एमालेमात्रै होइन, यो विकसित एमाले हो । एकीकरणलाई प्रतिविम्वित गर्ने एमाले हो । अहिले हामीले सातै प्रदेशमा भनेका छौं, जहाँजहाँ मिलाउनुपर्ने हो, मिलाउनुस् । एउटै कुरा पार्टीको पक्षमा आउनेलाई जिम्मेवारी दिने, तर केही साथीहरुले २०७५ साल जेठ २ गते जस्ताको तस्तै भन्नुहुन्छ, यो जस्ताको त्यस्तै हुँदैन’, पोखरेलको भनाइ छ ।
तर ओलीले महासचिवको यो भनाइलाई खास रुचाएका छैनन । आफूलाई एमालेको भावी अध्यक्षको रुपमा प्रस्तुत गर्दै आएका पोखरेलले ओलीलाई छलेर अध्यक्ष घोषणा गरेको र १० बुँदे कार्यान्वयन हुँदैन भन्ने अभिव्यक्तिप्रति ओलीले सार्वजनिक रुपमा टिप्पणी नगरेको भएपनि पोखरेलको भनाईमा रुची नदिई उडाइरहेका छन् ।
१० बुँदेमा लेखिए अनुसार पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ जेठ २ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने जनाइएको छ । एमालेभित्र माओवादीका नेताहरु पनि आएकाले उनीहरुको व्यवस्थापनका लागि पनि १० बुँदे हुबहु लागु हुन समस्या परेको बताइन्छ । यद्यपि अबको कार्यविभाजनपछि यो समस्या हट्ने एमाले नेताहरुले बताइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार