भदौ ३१ गतेसम्म तनहुँमा निषेधाज्ञा जारी
नेपालबहस संवाददाता
भदौ २१, २०७८ मंगलबार १:२५:५९
२१ भदौ, काठमाडौं । तनहुँमा यही भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधि बढाएको हो ।
कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रमण रोग ऐन, २०२० को दफाले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै थप १० दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८ मा उल्लिखित सूचकअनुसार जोखिमको स्कोरिङ गर्न सकिने अवस्था देखिएमा स्वास्थ्य प्रोटोकलको पूर्णपालन गरी २५ जनाभन्दा नबढ्ने गरी न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न गराउन सकिने छ ।
पार्टी प्यालेसको हकमा स्वास्थ्य प्रोटेकलको पूर्णपालना गरी कूल क्षमताको ५० प्रतिशत मा नबढ्ने गरी बेलुका ६ बजेभित्र मात्र सञ्चालन गर्ने गराउने, रेस्टुरेन्ट बेलुका ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न गराउन अनुमति प्रदान गरिएको छ । अन्य सञ्चालन गर्न अनुमति दिइएका सेवा तथा व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।
सवारी साधानहरुले सिट क्षमताभित्र रही अनिवार्यरूपमा सबै यात्रीले मास्क लगाउने, चालक, सहचालकले मास्क फेससिल्ड, पञ्जा लगाउने, गाडीको ढोकामा स्यानिटाइजर राख्ने र प्रयोग गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सञ्चालन गर्न गराउन लगाउने निर्णय गरिएको छ ।
शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन विद्यालय सिकाइ सहजीकरण निर्देशिका–२०७७ र कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८ मा उल्लिखित सूचकअनुसार जोखिमको अवस्था हेरी विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयानुसार आवश्यक व्यवस्थापन गर्न गराउन सकिने निर्णय गरेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार