इस्माको कुमारी निमावि तोडफोड, छ लाख बराबरको क्षति
नेपालबहस संवाददाता
भदौ २१, २०७८ मंगलबार १:५८:०
२१ भदौ, गुल्मी । इस्मा गाउँपालिका- ५ को कुमारी निमावि तोडफोड भएको छ । अज्ञात समूहले गत १९ भदौ राति विद्यालयको ढोका फोडेर छ लाख रुपैयाँ बराबरको क्षति गराएको विद्यालयले जनाएको छ ।
कम्प्युटर पाँच थान, फोटोकपी मेसिन एक थान, माइक एक थान, विद्युतीय फिल्टर एक थान फोरेर काम नलाग्ने अवस्थामा रहेको वडा अध्यक्ष कलानिधि भण्डारीले जानकारी दिए । त्यस्तै, विद्यालयका विज्ञान र बाल शैक्षिक सामग्रीहरू सबै फोरिएको छ भने महत्त्वपूर्ण कागजपत्र पनि च्यातिएको छ ।
प्रहरीले मुचुल्का बनाएर थप अनुसन्धानको काम अगाडि बढाएको वडा अध्यक्ष भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले घटना रिसइवीले भएजस्तो देखिए पनि अनुसन्धान र छलफलको काम बाँकी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार