गोरखाको मनकामना मन्दिर बुधबारदेखि खुल्ने
नेपालबहस संवाददाता
भदौ २१, २०७८ मंगलबार ४:२४:४७
२१ भदौ, गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसहितका अन्य धार्मिकस्थलहरू पर्सि २३ गतेदेखि खुल्ने भएका छन् । कोभिड जिल्ला कोभिड व्यवस्थापन समितिले आज बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो बुधबारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो ।
शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजालगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूले सिधै मन्दिरभित्र प्रवेश भने नपाउने भएका छन् ।
मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोकाबाहिरबाटै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगीमार्फत पुजारीसम्म पु¥याएर पूजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ ।
श्रद्वालुहरूका लागि मन्दिर परिसरमा साबुनपानीको व्यवस्था गर्ने, मन्दिरका पुजारी तथा कर्मचारीले सुरक्षाका सबै मापदण्ड अपनाउनेदेखि सुरक्षकर्मीहरूले श्रद्वालु भक्तजनालाई सामाजिक दूरी कायम हुने गरी लाइनमा राख्नेसम्मको व्यवस्था गर्नुपर्ने निर्णय प्रशासनले गरेको छ ।
त्यसैगरी दर्शनार्थीका सुरक्षालाई ध्यान दिँदै रुघाखोकी लागेका कुनै पनि दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ । बैठकले मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार, मनकामना क्षेत्रमा सञ्चालित यातायात सार्वजनिक यातायात सेवा सञ्चालक र होटल रेष्टुरेन्ट तथा पसल सञ्चालकहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालन गर्न लगाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार