कांग्रेस महाधिवेशनको नारा तोकियोः बृहत सूचना सञ्जाल गठन
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २२:७:३६
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो ।
विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको हो ।
उक्त कार्यक्रममा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका विषयमा ‘समूहगत छलफल’ गरिने छन् ।
‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएको र कार्यक्रमको एक साता पूर्व मिति सार्वजनिक गरिने भएको छ ।
प्रविधिमैत्री कांग्रेस अभियानको निरन्तरता क्रममा ‘नेपाली कांग्रेसले बृहत सूचना सञ्जाल’ गठन गरेको छ । पार्टीको प्रविधि सम्बन्धी र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा सरिक सबैलाई सङ्गठित गर्दै सञ्जाल कार्यक्रमको आचारसंहितासमेत पारित गरिएको विभागले जनाएको छ ।
विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक ई दिपेश विष्टको संयोजकत्वमा सूचना सञ्जालको २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार