पुल पुनःनिर्माणमा ढिलाइ हुँदा बेगखोलामा सधै जोखिम र सास्ती
नेपालबहस संवाददाता
भदौ २३, २०७८ बुधबार २२:१७:१८
२३ भदौ, म्याग्दी । भदौ १९ गते शनिबार बेनीबाट घरतर्फ जाँदा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जवीर पुन रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता भए । पुन: अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनीबाट पाउरोटी लगेर गाउँमा बिक्री गरी जिविकोपार्जन गर्दै आएका पुन: बेपत्ता भएको घटना बेगखोलाको जोखिम र सास्तीको अवस्था झल्काउने उदाहरण हो ।
राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा पैदलयात्रु र सवारीसाधन जोखिम मोलेर आवत जावत गर्न बाध्य छन् । विस २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ वटा घर बगाएको थियो । एक जना बेपत्ता भएका थिए ।
बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण गर्न ढिलाइ हुँदा बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले झञ्जट ब्यहोर्नुपरेको अन्नपूर्ण गाउँपालिका–६ घारका सुबोध बरुवालले बताए । बेनी–जोमसोम म्याग्दीको रघुगंगा गाउँपालिकाको तीन र अन्नपूर्ण गाउँपालिकाको सबै वडालाई सदरमुकाम बेनीसँग जोड्ने एक मात्र सडक मार्ग हो । ‘‘बाढीले सवारीसाधन खोला तर्न नसकेपछि बिरामीलाई समयमै अस्पताल पु¥याउन समस्या भएको छ,” बरुवालले भने “मोटरसाइकल बगाउने, गाडीका पाटपुर्जा बिग्रने समस्या त कति हो कति ?”
कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ । बाढी आएको अवस्थामा स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर मानिसहरु खोला वारपार गर्छन् ।
यसैगरी बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण –३ दाना स्थित रुप्सेखोलामा २०७७ साउन ५ गतेको बाढीले निर्माणाधिन मोटरेबल पुल बगाएको थियो । बेग र रुप्सेखोला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको टाउको दुखाइको बिषय बनेको छ ।
कूल ७६ किलोमिटर दूरीको यो सडक वर्षायाममा बेग र रुप्सेखोलामा दैनिकजसो अवरुद्ध हुने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका वडा सदस्य बुद्धी पुनले बताए । “गाडी परिवर्तन गर्नुपर्ने झञ्जट र सास्तिका साथै जोखिम भएको छ,” उनले भने “मुस्ताङमा उत्पादीत स्याउ, आलु लगायत कृषि उपज निकासी, दैनिक उपभोग्य सामान ढुवानी र बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिएको छैन् ।”
बेगखोलामा सडक पुल निर्माण गर्न सडक विभाग अन्तरगतको पुल महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले बताए । उनका अनुसार सडक पुल निर्माण नहुँदा सम्मका लागि पैदलयात्री र मोटरसाइकल आवत जावतलाई सहज बनाउन गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले झोलुङ्गे पुल बनाउन ठेक्का प्रस्ताव आव्हान गरेको छ ।
बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइको सडक पुल निर्माण गर्न रु. आठ करोड ४७ लाख ४२ हजार ३२० को लागत अनुमान गरिएको छ । पुलको वारिपारि ५०० मिटरको पहुँच मार्ग र तल माथि दुईतर्फ २६० मिटर लम्बाईमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत निर्माणाधिन रुप्से खोला पुलको संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले बताए ।
“४० मिटर लम्बाई भएको रुप्से खोलाको पुलको दुइतर्फ पिल्लर उठाएर ६६ प्रतिशत प्रगति भएको रुप्से खोला पुलको जगनै खलबलाउने गरी बाढीले बगाएपछि लम्बाई बढाउन लागिएको छ,” उनले भने “भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार