राजर्षि जनक विश्वविद्यालय : ताला नखोल्ने शिक्षकहरूकाे अडान
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार १८:३३:२८
२५ भदौ, जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय कार्यालय जनकपुरमा पेपर ‘कोर्ष’ कन्ट्रायक्ट शिक्षकहरूले करारमा नियुक्तिको माग गर्दै गरेको तालाबन्दी अझै खुलेको छैन ।
विश्वविद्यालय व्यवस्थापन पक्षले वार्ता गर्ने वातावरण नबनाएपछि ताला नखोल्ने आन्दोलित शिक्षकहरूले अडान लिएका छन् । करार नियुक्ति माग्दै उनीहरूले विगत १५ दिनसम्म सांकेतिक आन्दोलन गर्दै आएका थिए । तर विश्वविद्यालयले कुनै चासो नदेखाएपछि उनीहरूले बुधबार उपकुलपति र रजिष्टारको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
बिहीवार उपकुलपति प्रा। भरत झाले प्रहरीलाई बोलाएर ताला फोडे पनि शिक्षकहरूले पुनः ताला लगाएका छन् । माग पूरा नभएपछि आन्दोलित ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षकहरूले तालाबन्दी जारी राख्ने चेतावनी दिएपछि उपकुलपति प्रा। झा छलफल गर्न तयार भएका थिए । तर वार्ता गर्न प्रतिनिधिमै कुरा नमिलेको बताइएको छ ।
उपकुलपति झाले ताला खोलेर वार्ता गर्न भनेपछि आफूहरूले अस्वीकार गरेको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलीपकुमार यादवले बताए । कुलपति झाले नै माग पूरा गर्न नचाहेको आरोप आन्दोलित शिक्षकहरूको छ । स्थापनाकालदेखि नै आफूहरू कार्यरत रहेकाले कानुनबमोजिम करारमा नियुक्ति गर्न मिल्ने उनीहरूको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार