एकीकृत समाजवादीको पहिलो प्रदेश बैठक आइतबार बस्ने
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार १८:३६:११
२५ भदौ, पोखरा । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा ‘एकीकृत समाजवादी’ पार्टीले पोखरामा पहिलो प्रदेशस्तरीय बैठक गर्ने भएको छ । आउँदो आइतबार ११ वटै जिल्लाबाट जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यहरु बोलाएर बैठक आयोजना गरिएको हो ।
अहिले समाजवादी जिल्लामा संगठन विस्तारमा व्यस्त छ । ११ मध्ये ९ वटा जिल्लामा पार्टी कार्यालय स्थापना गरिएको छ । ९ वटै जिल्लामा कमिटी गठन भैसकेको केन्द्रीय सदस्य श्रीनाथ बरालले जानकारी दिए ।
उनकाअनुसार प्रदेशस्तरीय बैठकले पार्टीलाई नयाँ जागरण दिनेछ । केशवलाल श्रेष्ठ गण्डकीको पार्टी इन्चार्ज तोकिएका छन् । अहिले जिल्ला जिल्लामा संगठन विस्तारका लागि बैठक भैरहेको छ । बैठकको अध्यक्षता पनि श्रेष्ठले नै गर्नेछन् ।
गण्डकीबाट मनोनितसहित १४ जना केन्द्रीय सदस्य छन् । आइतबारको बैठकले ५१ जनाको प्रदेश कमिटी सिफारिस हुने बरालले बताए । ‘निर्णय केन्द्रबाटै हुने हो । त्यो बैठकले सिफारिस पठाउँछ,’ उनले भने, ‘जिल्लामा संगठन विस्तार कसरी गर्ने र पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमै छलफल केन्द्रीत हुन्छ ।’
गण्डकीबाट ४० जनामात्रै स्थानीय जनप्रतिनिधिले एमाले छोडेर नयाँ पार्टी रोजेका छन् । सबैभन्दा धेरै तनहुँका १३ जना छन् । नवलपुर, मनाङ र लमजुङका कोही पनि जनप्रतिनिधिले एमाले छोडेनन् । एकजना गाउँपालिका उपाध्यक्षबाहेक त्यसभन्दा माथिल्ला पदका कोही पनि एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् । यहाँ एमालेका २७ सांसद छन् । सबै एमालेमै एकढिक्का छन् ।
चुनावको समयमा टिकट वितरणमा विभेद गरेका कारण अहिले धेरै जनप्रतिनिधि आफूहरुसँग नभएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । १२ जना वडाध्यक्ष र २७ वडा सदस्य तथा कार्यपालिका सदस्यहरुले नयाँ पार्टी रोजेका हुन् । विभाजनले गण्डकीमा आफूहरुलाई खासै असर नपरेको एमाले इन्चार्ज किरण गुरुङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार