हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास
नेपालबहस संवाददाता
भदौ २६, २०७८ आइतबार १:१६:५
२६ भदौ, खोटाङ । खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरू पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा शिलान्यास गरिएको हो ।
नगरपालिकाका मेयर इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाबिचमा १८ माघ २०७७ मा १९ बुँदे सम्झौता अनुसार शुक्रबार बौद्ध लामा जोपा रिन्पोछेले पूजाआजा गर्दै पद्मसम्भवको प्रतिमा शिलान्यास गरेका हुन् ।
ध्वजापताका क्षेत्र, स्वागत द्वार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैंचा, मञ्जुश्री क्षेत्रभन्दा माथि डाँडामा गुम्बा, सरोवर निर्माण, पद्मार्ग लगायतका संरचना निर्माण गरिने पद्मसम्भव पार्कमा बढिमा पाँच वर्षभित्र पद्मसम्भवको मूर्ति राख्नेगरी काम सुरू गरिएको मेयर राईले बताए । हलेसी बृहत्तर गुरुयोजना अनुसार पद्मसम्भव पार्कमा करिब पाँच करोड रुपैयाँको खर्चमा पद्मसम्भवको प्रतिमा राख्ने काम पूरा गरिने नेपाल बौद्ध महासंघले जनाएको छ ।
पद्मसम्भवको साना तथा ठूलो मूर्ति राखिने पार्क क्षेत्रमा शान्ति पूजा हल, चैत्य निर्माण, बौद्ध धर्म संग्रहालय तथा पुस्तकालय, माने निर्माण, प्रतिमा निर्माण, बौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, गार्डेन, ढल, पानी, बिजुली व्यवस्थापन, तारबार तथा पर्खाल, अपांगमैत्री शान्ति मार्ग लगायतका संरचना निर्माण गरिने मेयर राईले जानकारी दिए ।
हलेसीमा पद्मसम्भवको प्रतिमा स्थापना पश्चात बौद्ध धर्म परम्परा अनुसार सांस्कृतिक, अध्यात्मिक महत्वलाई जीवित राख्नका लागि त्यसको रेखदेख, सञ्चालन, संरक्षण, मर्मत सम्भार र पाठपूजाको व्यवस्था बौद्ध महासंघले गर्ने सम्झौता छ । पार्कमा प्रवेश गर्ने आगन्तुकबाट शुल्क उठाएर आम्दानी बाँध्ने र पार्क क्षेत्रमा घेरावारा, पदमार्ग र मूल प्रवेशद्धार निर्माणको काम प्रथम पक्षले गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार