बागलुङका मठमन्दिर सोमबारदेखि खुला हुने
नेपालबहस संवाददाता
भदौ २७, २०७८ सोमबार ३:२१:१२
२७ भदौ, बागलुङ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीसहित सबै मठमन्दिर भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएका छन् । कोरोना महामारीका कारण गत वैशाखदेखि धार्मिक क्षेत्र बन्द थिए ।
आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्ड पूरा गरेर मठमन्दिर खोल्ने निर्णय गरेको हो । मन्दिरको प्रवेशद्वारमा हात धुने व्यवस्था गर्नुपर्ने, दर्शनार्थीको ज्वरो नाप्ने, अनिवार्य मास्क प्रयोग र पूजाको लाममा रहँदा भौतिक दूरी कायम गर्नुपर्ने नियम तोकिएको छ ।
कोरोनाको दोस्रो लहर भित्रिएपछि कालिका भगवती, सर्वसिद्धिधाम पञ्चकोटलगायत यहाँका धार्मिक पर्यटकीय गन्तव्यस्थल ठप्प थिए । मन्दिरमा दैनिक नित्य पूजापाठ मात्र हुँदै आएको थियो । कालिका भगवती मन्दिर गुठीका अध्यक्ष राजु खड्काले मन्दिर परिसरमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिने बताए ।
बडादशैँ पनि नजिकिँदै गएकाले सुरक्षित तबरले भक्तजनलाई पूजापाठको प्रबन्ध गरिने उहाँको भनाइ छ । दशैँको नवदुर्गामा कालिका भगवतीको विशेष पूजाआजा हुन्छ । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मठमन्दिरसँगै चलचित्र घर, पार्टी प्यालेस, खेलकुदस्थल, जिमखाना, सौन्दर्य व्यवसाय, तालिम केन्द्रलगायत पनि स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ ।
चलचित्र घर आधा क्षमतामा चलाउने र अनलाइन टिकट बेच्नुपर्ने मापदण्ड बनाइएको छ । सरकारले तोकेको ‘स्मार्ट लकडाउन’ को प्रावधानभित्र रहेर स्थानीय तहले केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालनको निर्णय गर्न पाउने भएका छन् । सभा, सम्मेलन, मेला, उत्सवजस्ता भीडभाडजन्य क्रियाकलापमा भने अझै बन्देज लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार