चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित
नेपालबहस संवाददाता
भदौ २९, २०७८ मंगलबार १४:५०:३८
२९ भदौ, काठमाडौं । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो ।
एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई बिदेशमा बसेर पनि नेपाली चलचित्र तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत संगीत, कला संस्कृतिको संरक्षण एवम् प्रवर्धनमा विशेष योगदान पुर्याएको र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोगना गर्दै आएको ठहर गर्दै सो सम्मानबाट सम्मानित गरिएको हो ।
उनी बिगत ५ वर्ष देखि क्यान्टकीको ल्याक्सिङटनमा रहेर म्युजिक भिडियो निर्देशन तथा विभिन्न सांस्कृतिक गतिविधिमा निकै सक्रिय रहँदै आएका छन् ।
यस्तै एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोश्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याएका ठहर सहित एनआरएनए क्यान्टकीका पूर्व अध्यक्ष दिलु पराजुली सहित एनआरएनए क्यान्टकीका अग्रज व्यक्तित्व पुरुषोत्तम बोहरा, शशी अधिकारीलाई कार्यक्रममा एनआरएनए मुभमेन्ट सम्मानबाट सम्मानित गरियो । यस्तै नृत्यमा निकै प्रतिभाशाली बाल कलाकार बारुणी पान्डेलाई प्रोत्साहन सम्मान, युवा स्वयम्सेवकहरु सौरभ खड्का, सफल डुम्रे, सार्थक रिजाललाई युथ स्पोर्ट अवार्ड प्रदान गरियो ।
यस्तै निशान बुढाथोकी, विशेष पौडेल तथा ०१८ देखि २०२१सम्म हाईस्कुल ग्राजुएट गर्ने ५० जना नेपाली विधार्थीहरुलाई प्रोत्साहन पुरस्कार पत्र प्रदान गरियो ।
एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशब राज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए आईसीसी अमेरिका क्षेत्रका आरसी राजन त्रिपाठी, अतिथिहरु एनआरएनए आईसीसी मेम्बर पुरुषोत्तम बोहरा, एनआरएनए एसीसी उपाध्यक्ष दिलु पराजुली, एन्काका अध्यक्ष थिरलाल अर्याल, नेपाल अमेरिका सोसाईटी अफ केन्टकीका अध्यक्ष राजन भुजेल, इनास केन्टकीका अध्यक्ष अर्जुन थापालगायत विभिन्न संस्थाका सल्लाहकार तथा पदाधिकारीहरु थिए ।
एनआरएनए केन्टकी च्याप्टरका उपाध्यक्ष डमरु पौडेल र सचिब अर्जुन किशोर न्यौपानेले सञ्चालन गरेको सो सम्मान कार्यक्रममा कलाकार बारुणी पान्डेले प्रस्तुत गरेको नृत्य र गायक गायक बिष्णु डुम्रेको गायन निकै आकर्षक थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार