अध्ययनबिनै घाट ठेक्का, किनारका बस्ती जोखिममा : वडाका नागरिकहरु आन्दोलित
नेपालबहस संवाददाता
भदौ २९, २०७८ मंगलबार १५:२६:६
२९ भदौ, पोखरा । पोखरामा अधिकांश घाटहरु बिना अध्ययन ठेक्कामा दिँदा नजिकका बस्तीहरु जोखिममा पर्न थालेका छन् । वातावरणीय प्रभाव मुल्यांकन गर्दा त्यहाँको सम्भावित क्षतिबारे स्थानीयसँग पनि छलफल गर्नुपर्ने हुन्छ । तर कुनै पनि घाट सञ्चालन गर्दा स्थानीयसँग समन्वय भएको देखिँदैन । गत वर्ष पोखराले विभिन्न १३ वटा प्याकेजमा घाटहरुबाट २० करोडभन्दा बढी आम्दानी गर्यो । नगरभित्रबाट बग्ने सेती, फुस्रे, फिर्के लगायतका खोलामा ३० भन्दा बढी घाटहरु छन् । महानगरले विस्तृत अध्ययन नै नगरी ती घाटहरु ठेक्कामा दिँदा अहिले घाट आसपासका बस्तीहरु जोखिममा परेका हुन् ।
पोखरा २१, २५, २९, ३२, ३३ लगायत वडाका नागरिकहरुले वर्षेनी ठेक्काको विरोध गर्छन् । तर महानगरले चासो दिँदैन । अहिले पुनः ३२ नम्बर वडाका नागरिकहरु आन्दोलित भएका छन् । महानगरले क्षणिक नाफाका लागि अनियन्त्रित रुपमा उत्खननको जिम्मा दिएका कारण जोखिम बढेको उनीहरुको गुनासो छ । ‘५५ सालदेखि हामी खुदीखोला छेउमा बसिरहेका छौं । आजभोलि खोला अनायसै बढ्दा मनमा चिन्ता छ,’ उनले भने, ‘अहिले त महानगरले ढुंगा, गिटी बालुवा निकाल्न ठेक्का दिएछ । अब त्यहाँ बस्नै सकिँदैन ।’ उनले घाट ठेक्का दिने बेला आफूहरुसँग समन्वय नै नगरेको बताए ।
२०६५ मा साविक लेखनाथ नगरपालिकाले ठेक्का लगाउन खोजेको थियो । तर बस्तीको संरक्षणको ज्ञारेण्टी नहुँदासम्म घाट नचलाउने सहमति भएपछि रोकिएको हो,’ अर्का स्थानीय राजु परियारले भने, ‘८ सय ४८ घर जोखिममा पर्छ । लालपुर्जा भएका जग्गा २ सय मिटर बगिसकेको छ । भौगोलिक हिसाबले जोखिम, खोलाको असर हेरिएको छैन ।’ प्रत्येक परिवारबाट एकजना भेला भएर महानगरलाई उनीहरुले ज्ञापनपत्र बुझाए ।
पोखरा महानगरपालिको घाट उत्खननपछि त्यहाँको संरक्षणका लागि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । तर हालसम्म एक रुपैयाँ पनि लगानी गरेको छैन । महानगरको आन्तरिक श्रोतमध्ये सबैभन्दा धेरै आम्दानीको श्रोत नदीजन्य उत्खनन् भएपनि संरक्षणमा पहल नपुगेको राजश्व महाशाखा प्रमुख गणेश पाण्डे स्विकार्छन् । ‘हाम्रो प्रमुख आम्दानी घाट नै हो । त्यहाँको संरक्षण गर्न सके अर्को वर्ष आम्दानी झनै बढ्थ्यो । तर त्यसतर्फ बजेट बनाउनेहरुले पहल गरेका छैनन्,’ उनले भने, ‘संरक्षण गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर कसैले चासो दिँदैनन् ।’
यो वर्ष २८ वटा घाट ठेक्कामा दिने तयारी छ । सबैको बोलपत्र आह्वान भैसकेको छ । पोखराको जमिन यसैपनि कमजोर छ । यसरी अनियन्त्रित र अध्ययन विना उत्खनन् गर्दा जोखिम झनै चुलिएको विज्ञहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बस्ती संरक्षणकै लागि नदीजन्य उत्खनन् गर्नुपरेको बताए । ‘उत्खनन् नगर्ने भने नदी बस्तीतिर जान्छ ।
वर्षेनी निर्माण सामग्री खोला र नदीमा भरिन्छन्,’ उनले भने, ‘यसलाई निकालिएन भने जोखिम बढ्छ । निकाल्यो भने आम्दानी हुन्छ ।’ संरक्षणका लागि आफूहरुले पहल गर्ने उनको प्रतिबद्धता छ । स्थानीयले देखाएको चासो र जोखिमबारे पुनः अध्ययन गर्ने बरालको भनाइ छ ।
पोखराको रामघाट सबैभन्दा धेरै आम्दानी हुने घाट हो । एकैवर्ष झण्डै ८ करोड एकै ठाउँबाट आम्दानी हुन्छ । स्थानीय तहले अन्य श्रोत खोज्न भन्दा घाट खोस्रिन बढी जोडबल गरिरहेको छ । रामघाटलाई लामो समयका लागि निजी क्षेत्रको जिम्मा लगाउने तयारी छ । पोखराकै व्यवसायिक घराना बतास अर्गनाईजेसनले रामघाटमा ड्याम बनाएर निर्माण सामग्रीको व्यापार गर्न लागेको हो ।
यसको सम्झौता अन्तिम चरणमा पुगेको छ । योसँगै मरेखहरेको पनि सम्झौता हुने चरणमा छ भने फेवाताल सिरानमा बनाइएका सिल्ट्रेसन ड्यामबाट सामग्री उत्खनन् गर्न एउटै कम्पनीलाई २४ वर्षका लागि ठेक्का दिइएको छ । संरक्षणकर्मीहरुले सहरलाई नै असर गर्ने यस्ता सम्झौता नगर्न सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार