समुदायको अगुवाइमा चन्दाबाटै बन्यो २० लाखको मन्दिर
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार १३:४३:११
३० भदौ, बलेवा । समुदायको अगुवाइ भयो भने लाखौँ रकमको विकास निर्माण सम्भव हुन्छ भन्ने बागलुङ नगरपालिकाका स्थानीय बासिन्दाले देखाएका छन् । बागलुङ–९ तित्याङस्थित गाउँमा गाउँलेबाट चन्दा तथा श्रमदान जुटाएर रु २० लाखमा बालभैरव मन्दिर निर्माण गरिएको छ ।
धेरै पुरानो र जीर्ण मन्दिर भएकाले स्थानीयवासीले लाखौँ खर्चेर बनाएको उपभोक्ता समितिका अध्यक्ष रविन खत्रीले बताए । रु २० लाख रकममध्ये रु १५ लाख नगद सङ्कलन गरेका स्थानीयवासीले रु पाँच लाख बराबरको श्रमदान गरेका थिए । मन्दिरमा तामाको छानो बिछाइएको छ ।
आकर्षक कलात्मक बुट्टा भरेका टुँडालहरू बनेका छन् । यसरी बनेका टुँडाल देख्दा काठमाडौं का ऐतिहासिक मन्दिरको झल्को दिन्छ । विशेषगरी भर्खर जन्मेका बालबालिकाको बोली नफुटेमा, हातखुट्टा लुलो भएमा तथा अन्य समस्या पर्दा बालभैरवको भाकल गरेर निको हुने स्थानीयवासीको किंवदन्ती छ ।
यो मन्दिरमा हरेक साताको मंगलबार मात्रै पूजा हुने गर्छ । मन्दिरको विश्वासका कारण गलकोट र बलेवादेखि पनि कैयौँ मानिस पूजा गर्न पुग्ने गरेका ८० वर्षीय नरबहादुर खत्रीले बताए ।
वडाध्यक्ष गणेश थापाले मन्दिर निर्माण धार्मिक विषय भए पनि गाउँलेहरु जुट्दा लाखौँ रकम सङ्कलन गर्न र विकास गर्न सकिनेरहेछ भनेर यो उदाहरण बनेको बताए । उनले मूर्ति निर्माणमा नगरपालिकालाई सहकार्य गर्न लगाइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार