हुम्लाका ठकुरी बस्तीमा धुमधामका साथ गौरा पर्व मनाइँदै
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार १८:४९:१८
◊सुरेस परियार
३० भदौ, हुम्ला । सुदूरपश्चिममा विशेष रूपमा मनाइने गौरा पर्वले धार्मिक महत्व बोकेको छ । पौराणिककालमा हिमालयपुत्री पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउन गरिएको व्रतको फलस्वरूप उनको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ ।
हुम्लाको नाम्खा गाउँपालिकाबाहेक अन्य पालिकामा बसोवास गर्दै आएका ठकुरीहरूले धुमधामका साथ गौरा पर्व मनाउने गर्दछन् । धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा बुधबार ‘गौरा’ भित्र्याइँदै छ ।
व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका(७ का मन्दिर सिंहले जानकारी दिए । घर आसपासका खेतमा गई सामूहिक रूपमा महिलाहरूले फाग गीत गाउँदै गौरा भगवतीको प्रतिमा तयार पार्नुका साथै व्रतालु महिलाको सहभागितामा गौरा भित्र्याइसकेपछि महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको सिंहको भनाइ छ ।
लोग्ने मानिसले ढाल तरबार खेल्ने र व्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नृत्य गर्छन् । गौरा पर्वमा विशेष गरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष र महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ । पूजा गर्दा अक्षताका रुपमा ‘बिरुडा’ ९गहुँ, मास, गहत, गुराँस र कलौ० पाँचथरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाहीले बताए ।
बिरुडालाई आफन्त, छरछिमेक तथा इष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको उने बताए । गौरा भित्र्याइ पूजाको काम सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रूपमा गोलबन्द भई देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ ।
त्यस्तै, व्रतालु महिलाले आज ठकुरी बस्तीमा रहेका शिव मन्दिरलगायतका मठमन्दिरका साथै गौरा घरमा गौरा ९भगवती० र महेश्वर ९शिव० को पूजा गर्ने गर्छन् । अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीयको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार