ओझेलमा परेको गडहरे गुफाको भौगर्भिक अध्ययन
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ बिहिबार १९:१:२५
◊ तोलाकान्त बगाले
३१ भदौ, वालिङ । प्रचारप्रसारका अभावमा ओझेलमा परेको यहाँको गडहरे गुफाको विकासका लागि भौगर्भिक अध्ययन गरिएको छ ।स्याङ्जा भीरकोट नगरपालिका– ८ र ९ का सीमामा अवस्थित सो गुफाको भित्र तथा बाहिरी क्षेत्रको अध्ययन गरिइएको हो । सोे नगरपालिकाको पहल र त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेलको नेतृत्वको १२ जनाको टोलीले चार दिन लगाएर अध्ययन सम्पन्न गरेको हो ।
गुफा सम्भवतः नेपालकै सबैभन्दा लामो भएको हुनसक्ने भूगर्भविद डा पौडेलले दाबी गरे । “गडहरे गुफा निक्कै लामो र यो कडा चट्टानहरुभित्र बनेको छ” उनले भने, “यो चट्टानबाटै सुरु भएर चट्टानमै पुगेर अन्त्य हुन्छ तसर्थः पनि यो गुफाको बनोट दह्रो छ, बलियो छ ।”गुफाभित्र ‘क्राष्टफिचर’ विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएका छन् ।
“कुनै ठाउँमा फराकिलो कुनै ठाउँमा साँघुरो बाटो हुँदै झण्डै एक किलोमिटरभित्र पुगिसकेपछि एउटा नयाँ किसिमको झरना देखिन्छ” उपप्रध्यापक डा पौडेलले भने, “उक्त झरना त्यही गुफाभित्रै हराएको छ यो पनि एउटा आकर्षणको रुपमा छ ।”
अध्ययन टोलीले गुफाको भित्री, बाहिरी बनोटभित्र देखिने विभिन्न किसिमका आकृति तथा संरचना, गुफाको लम्बाइ, चौडाईमापन गरेको छ । गुफाभित्र र बाहिरको सम्बन्धित विषयमा अध्ययन सकिएकाले एक महिनाभित्रमा उक्त प्रतिवेदन नगरपालिकालाई उपलब्ध गराइने अध्ययन टोली प्रमुख डा पौडेलले जानकारी दिए ।
गुफाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिसकेको नगरपालिकाले अध्ययनको विस्तृत प्रतिवेदन प्राप्त भएपछि त्यसकै आधारमा थप योजनासहित कार्यअगाडि बढाउने वडा नं ९ का अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए । “धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचूर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा गुफा ओझेलमा परेको छ” उनले भने, “यसको प्रचारप्रसारसँग पूर्वाधारको विकास गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रकोरुपमा पहिचान दिनुपर्ने छ ।”
नगरपालिकाले राष्ट्रिय योजना आयोगको सङ्घीय समपुरक कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माण गरिरहेको योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए । गडहरे गुफा, ओखतीपानी, तमुनासा घरवास, ओकादी र फलाँटे ताल निर्माण कार्यको विस्तृत प्रतिवेदन प्रस्तावका लागि नगर विकास कोषमा पठाइएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार