माडी अनियमितताको अखडा : महामारीमा विद्यालय बन्द, तर दिवा खाजाको साढे १२ लाख खर्च
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ बिहिबार २१:४१:५२
कुलप्रसाद काफ्ले
३१ भदौ, चितवन । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले ११ चैत ०७६ मा देश लकडाउन ग¥यो । त्यसपछि सम्पूर्ण क्षेत्र ठप्प बन्यो । तर, माडी नगरपालिकाले भने शंकास्पद किसिमले विद्यालय दिवा खाजाको पैसा निकासा गरेको पाइएको छ ।
आव ०७६/७७ मा नगरपालिकाले लक्षित विद्यार्थीको संख्या यकिन नै नगरी २७ चैत ०७६ मा एकैदिन दुईवटा भौचरबाट १२ लाख ५६ हजार रुपैयाँ निकासा गरेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ । ‘देश बन्दाबन्दीको अवस्थामा रहेको र विद्यालय सञ्चालन नभएको अवधिको दिवा खाजा विद्यार्थीले पाए नपाएको सम्बन्धमा यकिन नभएकाले सो अनुदान रकमको उपयोग सम्बन्धमा अनुगमन गरी सोको प्रतिवेदन पेस गर्नुपर्ने’, महालेखाको प्रतिवेदनमा भनिएको छ ।
महामारीमा विद्यालय बन्द रहेका बेला पनि माडी नगरपालिकाले आव ०७६/७७ मा दिवा खाजा कार्यक्रमबापत रकम निकासा गरेको हो । नगरपालिकाले ३२ विद्यालयको बाल विकास कक्षादेखि कक्षा ५ सम्मका २३ सय ८१ विद्यार्थीमध्ये लक्षित समूहका विद्यार्थीका लागि भनी पैसा निकासा गरेको पाइएको छ ।
नगरपालिकाले दिवा खाजा कार्यक्रम लक्षित समूहमा पर्ने विद्यार्थीको संख्या यकिन नगरेको महालेखाले बताएको छ । दिवा खाजा कार्यक्रम प्राप्त गरेका स्थानीय तहले विद्यालय सञ्चालन भएको दिनलाई आधार मानेर प्रतिविद्यार्थी १५ रुपैयाँका दरले एक सय ८० दिनका लागि विद्यालयको खातामा अनुदान निकासा दिनुपर्ने कानुनी व्यवस्था छ ।
स्थानीय तहमा सुशासन कायम गर्ने भनेर स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आएका हुन् । सुशासन कायम राख्ने र आफ्नो जिम्मेवारी समयमै सम्पादन गर्ने उत्तरदायित्व बोकेका पदाधिकारीले नै विद्युत महसुलको जरिवाना तिर्नुपरेको छ । नगरपालिकाले समयमा नै विद्युत महसुल नतिर्दा २१ हजार नौ सय चार रुपैयाँ जरिवानामा परेको छ ।
नगरपालिकाभरिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा दिनेगरी नगर प्रमुख र नारायणी चितवन यातायात संयुक्त उपसमितिबीच १ साउन ०७६ मा सम्झौता भएको थियो । सम्झौताबमोजिम नगरपालिकाले ७२ वटा गाडीलाई १० चैत ०७६ सम्मको प्रतिगाडी १० हजारका दरले पाँच लाख रुपैयाँ भुक्तानी दियो । तर कति ज्येष्ठ नागरिकले त्यो सुविधा लिए भनेर न यातायात समितिले तथ्यांक दियो, न त नगरपालिकाले नै माग्यो । सेवाग्राहीको तथ्यांक यकिन नभएकाले उक्त रकमलाई महालेखाले बेरुजुमा राखेको छ ।
कसले लियो ११ लाख ?
नगरपालिकाले दिएको ‘खर्च गरेको’ र सम्बन्धित पक्षले लिएको भरपाईविनै ११ लाख बढी खर्च गरिएको छ । सम्बन्धित पक्षले बुझेको भरपाई नभएकोले ११ लाख ६९ हजार आठ सय ८७ रुपैयाँको भरपाई तथा बिल प्रमाण पेस गर्नुपर्ने महालेखाले बताएको छ ।
उपभोक्ता समितिमार्फत शोमेश्वर होमस्टे निर्माण गर्दा १३ लाख ९० हजार रुपैयाँ खर्च भएको देखिन्छ । जनसहभागिताको अंश १४ दशमलव ४१ प्रतिशत कट्टा गरेर बाँकी रकम मात्रै उपभोक्ता समितिलाई भुक्तानी दिनुपर्नेमा १० प्रतिशत मात्रै कट्टा गरी १२ लाख ५१ हजार रुपैयाँ भुक्तानी दिएको पाइएको महालेखाले बताएको छ । जनसहभागिताबापतको कट्टा हुन बाँकी रकम ६१ हजार ३१८ रुपैयाँ असुल गर्नुपर्ने महालेखाले औंल्याएको छ ।
विभिन्न योजनाको अनुगमन, निरीक्षण र छलफल गरिएको भन्दै विना प्रमाण दुई लाख सात हजार रुपैयाँ फिल्ड भत्ता बाँडिएको छ । प्रमाण कागज बेगर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरसहितका कर्मचारीलाई प्रतिदिन एक हजारका दरले दुई लाख सात हजार फिल्ड भत्ता बाँडिएको महालेखाले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार