लगानी सम्मेलनको तयारीमा गण्डकी सरकार, मनिपाल खुसुक्क बाहिरियो
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ शुक्रबार १:५१:५१
३१ भदौ, पोखरा । गण्डकी सरकारले प्रदेशभित्र आउँदो १० वर्षमा करिब २०० किलोमिटर रेलमार्ग बनाउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा रेलमार्ग भित्र्याउने सपना गण्डकीको छ । केरुङदेखि काठमाडौं र काठमाडौंदेखि पोखरा तथा पूर्व-पश्चिम रेलमार्ग अनि कोरलादेखि पोखरा हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माणमा प्रदेशको आस छ ।
पाँच वर्षमा ८० किलोमिटर र दोस्रो पाँच वर्षमा १८० किलोमिटर रेलमार्ग निर्माण गरिने प्रदेशको प्रथम पंचवर्षीय योजनामा उल्लेख छ । पूर्व(पश्चिम रेलमार्गअन्तर्गत नारायणगढदेखि बुटवल खण्डको दाउन्नेसम्म ८० किलोमिटर ट्र्याक पर्नेछ भने काठमाडौं-पोखरा रेलमार्गमा १२० किलोमिटर पर्छ । पर्यटन, कृषि, ऊर्जा, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनमार्फत प्रदेशलाई समृद्ध बनाउने योजनाको परिकल्पना छ ।
गण्डकीलाई नौवटा क्षेत्रमा विभाजन गरेर विकासको सपना अघि सारिएको छ । मुग्लिनदेखि पोखरा हुँदै बुर्तिबाङसम्म एउटा क्षेत्र छ । पोखरादेखि गल्याङ हुँदै चापाकोट, कोरलादेखि पोखरा हुँदै त्रिवेणी, अर्मादीदेखि देवघाट हुँदै कावासोती, डुम्रेदेखि बेँसीशहर हुँदै मनाङबाट तिब्बत, बेनीघाटबाट आरुघाट हुँदै रुइलाभञ्ज्याङ, पोखरा रिङरोड, पोखरा आसपासका स्याटलाइट शहर र नारायणगढ बुटवल खण्ड विकासका प्रमुख क्षेत्रहरू हुन् ।
हाल ९३७ किलोमिटर लोकमार्ग रहेको गण्डकीमा आगामी पाँच वर्षभित्र तीन हजार ४५० किलोमिटर पुर्याउने लक्ष्य छ भने २५ वर्षभित्रमा १२ हजार ९३७ किलोमिटर पुर्याउने योजना छ । सरकारले २०७६र०७७ लाई आधारवर्ष मानेर २०८०/०८१ लाई अल्पकालीन, २०८७/०८८ सम्म मध्यकालीन र २१०० सम्मको अवधिलाई दीर्घकालीन अवधिका रूपमा परिभाषित गरेको छ । २५ वर्षभित्रमा ११ प्रतिशत आर्थिक वृद्धिदरमार्फत १५ हजार ७२९ अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्याउने महत्त्वकांक्षी लक्ष्य थियो ।
तर, कोभिडका कारण ७.१ प्रतिशत आर्थिक वृद्धिदर घटेर हाल दुई प्रतिशत हाराहारी झरेको छ । गण्डकीका नागरिकको प्रतिव्यक्ति आय एक हजार ४३ अमेरिकी डलर छ । सरकारले पहिलो पाँच वर्षको योजना कार्यान्वयन गर्न १० खर्ब १२ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरेको छ । त्यसमध्ये ऊर्जामा ३१ प्रतिशत, भौतिक पूर्वाधारमा २० प्रतिशत, मानव संशाधनमा १० प्रतिशत, कृषिमा नौ प्रतिशत, पर्यटनमा आठ प्रतिशत, उद्योगमा चार प्रतिशत, सुशासनमा दुई प्रतिशत र अन्य क्षेत्रमा १६ प्रतिशत लगानी प्रक्षेपण गरिएको छ । त्यसकै लागि लगानी जुटाउन सरकारले प्रक्रिया थालेको छ ।
सरकार गठन भएकै वर्षदेखि लगानी सम्मेलन गर्ने भनिए पनि विभिन्न कारणले हुन सकेको थिएन । पछिल्ला दुई वर्ष कोरोनाले अड्कायो । अहिले पनि कोभिड जोखिम उत्तिकै छ । यद्यपि, लगानी सम्मेलनको प्रारम्भिक छलफल सुरु भएको छ । बिहीबार लगानी बोर्डका सीईओ सुशील भट्ट, योजना आयोगका पूर्वउपाध्यक्ष डा। शंकर शर्मा र डा। जगदीशचन्द्र पोखरेल तथा आयोगका सदस्य डा। दिलबहादुर गुरुङसँग भर्चुअल संवाद गरिएको हो ।
छलफलमा प्रदेशका मन्त्रीहरू, प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेलगायत उपस्थित थिए । छिटै लगानी सम्मेलन गर्नका लागि तयारी थालिने सरकारले जनाएको छ ।
‘सरकारको धारणा बनेको छ । एकदम प्रारम्भिक छलफल आज गर्यौँ । विज्ञहरूको राय बुझ्यौँ’, काफ्लेले भने, ‘विज्ञहरूले अघि बढ्नुहोस् भन्नुभएको छ । गण्डकीलाई सबैले लगानीका लागि उत्कृष्ट बजार मानेका छन् ।’ लगानी सम्मेलनका लागि सरकारले बजेटमै एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
‘मोडालिटी तयार भइसकेको छैन । सामान्यतः आन्तरिक र बाह्य दुवै लगानीकर्ता बोलाउनुपर्छ’, उनले भने, ‘तर, यस वर्ष गर्ने मानसिकता बनेको छ । अब लगानीकर्ता आकर्षित गर्नै पर्छ ।’
सरकारले लगानी नीति तयार गर्ने बताएको छ । गण्डकीमै सबैभन्दा ठूलो वैदेशिक लगानी रहेको मनिपाल खुसुक्क बाहिरिनुले भने यहाँको लगानीमा हुने वातावरणप्रति प्रश्न उठ्न थालेको छ । ४९ वर्षका लागि सहमति गरेको मनिपालले ३० वर्ष नपुग्दै सम्पत्ति बेचेर बाहिरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार