आमसंचार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ शुक्रबार १:५६:१६
३१ भदौ, काठमाडौं । प्रेस काउन्सिल नेपालले गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरी छलफल चलाएको ‘आमसंचार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा विधेयकका कतिपय प्रावधानले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा समेत हस्तक्षेप गरेको जनाएका छन् । विज्ञप्तिमा विधेयक संविधान र कानुनविपरीत ल्याइएको समेत जनाएको छ ।
‘नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले धावा बोलेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘जसका विरुद्ध समाचार लेख्यो, उसैले पत्रकारलाई कारबाही गर्न सक्ने, सूचनाको हक खोस्नेजस्ता विवादास्पद प्रावधानहरू विधेयकमा राखिएका छन् ।’
यस्तै, विधेयकमा छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा भएका व्यवस्थाविपरीत दर्तामा कडा प्रावधान, आचारसंहिता उल्लंघन कारबाहीका नाममा कैद र जरिमाना तोक्ने, मुद्दाको सुरु कारबााही र किनारासम्मका विवादास्पद प्रावधान रहेका उल्लेख छ ।
स्वतन्त्र पत्रकारिताको मूल मर्ममाथि प्रहार हुने गरी विधिशास्त्रीय मूल्य, मान्यता र सिद्धान्तको खिल्ली उडाउँदै विधेयक ल्याइएको निष्कर्ष काउन्सिलको हालै बसेको बैठकले निकालेको विज्ञप्तिमा भनिएको छ ।
गण्डकी प्रदेशसभामा पेस भएको विधेयकले संचार क्षेत्र र आमनागरिकको हकमा आघात पुर्याएकाले विवादास्पद उक्त विधेयक तत्काल फिर्ता लिनसमेत काउन्सिलले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार