ब्रिटिस कलेजमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा
नेपालबहस संवाददाता
असोज १, २०७८ शुक्रबार २३:२२:५४
१ असोज, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ब्रिटिस कलेज, काठमाडौंमा डिजिटल भुक्तानी (QR Code) सेवा संचालनमा ल्याएको छ । बैंकले कलेजमा सेवा विस्तार गरेसँगै त्यहाँ अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाईल बैंकिङ्ग मार्फत कलेजको बिल सजिलै भुक्तानी गर्न सक्ने भएका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ । बैंकले आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेको जनाएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार