इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती
नेपालबहस संवाददाता
असोज ३, २०७८ आइतबार २१:६:२
३ असोज, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ ।
गत वर्ष कोरोना जोखिमका कारण इन्द्रजात्रा स्थगित गरिएको थियो । यस वर्ष शनिबार बिहान ६ः५१ को साइतमा इन्द्रध्वजोत्थान गरेसँगै महाकालीलगायत विभिन्न नाच प्रदर्शन भइरहेको छ । भक्तपुरबाट आएका विभिन्न नाचका कारण पनि भीडभाड बढेको छ । स्वास्थ्य मापदण्ड कायम गरेर जात्रा सम्पन्न गर्ने भनिए पनि त्यो सम्भव भएको छैन ।
जात्राका अवसरमा शनिबारदेखि नै घण्टाकिसी, ख्याक, कवचा, घिन्ताङ किसी, नवदुर्गा, रामचन्द्र, पुलुकिसी, देप्याख, सवाभक्कु, लाखे, दशअवतारलगायत नाचले हनुमानढोका दरबार क्षेत्रको माहोल जात्रामय बनेको छ । गत वर्ष जात्रामा सहभागी हुन नपाएका युवा युवती रमाइलोका साथ उपस्थित भएका छन् । धेरैको मुखमा मास्क भए पनि दूरी कायम भएको छैन ।
असनबाट जात्रामा सहभागी हुन आउनुभएका युवा रवीन्द्रलाल खोखाली स्वास्थ्य मापदण्ड पूरा हुनसक्ने अवस्था नभएको स्वीर्काछन् । अधिकांश सहभागीले कोरोनाको खोप लगाइसकेकाले समस्या नहुने उनको विश्वास छ । इन्द्रध्वजोत्थान गरेसँगै शनिबार बेलुकी महानगरका भित्री सहरवासीले एक वर्षभित्र दिवङ्गत भएकाको सम्झनामा उपाकु गरेका छन् । धूप, बत्ती बालेर तोकिएको मार्ग घुमेर ठाउँ ठाउँमा बत्ती बाल्ने कर्मलाई उपाकु भनिने ठहिँटीका जयराम महर्जनले बताउनुभयो । घरबाट निस्केर उपाकु कर्म गर्ने मार्ग हुँदै वसन्तपुर दरबार क्षेत्र जाने गरिन्छ ।
जात्राको मुख्य दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । जात्राका क्रममा तीनै रथलाई आज तल्लो टोल र भोलि माथिल्लो टोल घुमाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ ।
यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार बिहान स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार