अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा नयाँ बानेश्वरका संकल्प कोइराला विजयी
नेपालबहस संवाददाता
असोज ३, २०७८ आइतबार २२:४०:१८
३ भदौ, इलाम । अनेरास्ववियु इलामले आयोजना गरेको अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन् । अनेरास्ववियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरूको पलायन स् समस्या र समाधान’ शीर्षकमा निबन्ध प्रतियोगिता गराएको थियो ।
प्रतियोगिताको विजेता बनेका कोइरालाले ३५ हजार आठ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । तीन सय पूर्णाङ्कको प्रतिस्पर्धामा उनले २३८ अंक प्राप्त गरेका थिए । प्रतियोगीतामा खोटाङ राजापानीका केशव भण्डारी दोस्रो भएका छन् । उनले २३ हजार आठ सय रुपैयाँ प्राप्त गरेका छन् । भण्डारीले २३७ अंक प्राप्त गरे ।
इलामको देउमाई नगरपालिकाकी मनिषा अधिकारी तेस्रो भइन् । अधिकारीले ११ हजार आठ सय रुपैयाँ पाएकी छन् । अधिकारीले २३६ अंक प्राप्त गरेको अनेरास्ववियु इलामका संयोजक मिलन खत्रीले जानकारी दिए ।
अनेरास्ववियले सहिद रत्न वान्तवाको स्मति दिवस पारेर गत २७ चैतमा अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताको घोषणा गरेको थियो भने संविधान दिवसको अवसर पारेर प्रतियोगीताका विजेताहरूको नाम सार्वजनिक गरेको हो ।
प्रतिस्पर्धीलाई निबन्ध पठाउन दुई महिनाको समय दिइएको थियो । प्रतिस्पर्धामा ४० जना सहभागी थिए । त्यसमध्ये एकजना भारतीय थिए भने विदेशमा बसोबास गर्ने चारजनाले प्रतिस्पर्धामा भाग लिएका थिए । निबन्ध प्रतियोगितामा प्रतिस्पर्धा गर्न उमेर र भूगोलको सीमा तोकिएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
असोज १४, २०८१ सोमबार
विद्युत् खम्बामा क्षति हुँदा एक हजार बढी घरधुरी अन्धकारमा
असोज १४, २०८१ सोमबार
सिटिजन्स बैंकद्वारा दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख सहयोग
असोज १४, २०८१ सोमबार
प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा
असोज १४, २०८१ सोमबार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?
असोज १४, २०८१ सोमबार
रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
असोज १४, २०८१ सोमबार