क्याप्टेन यज्ञबहादुर थापालाई सहादत प्राप्त गरेको ४३ वर्षपछि पदक
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार १८:४६:३१
४ असोज, ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक पाउने १६ औं नम्बरमा छ ।
प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमान्डर थिए । टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको कुन्युबाट पक्राउ परेका थिए । उनलाई तत्कालीन पञ्चायत शासकले काठमाडौंमा लगेर चार वर्ष जेल राखेका थिए ।
२०३५ सालमा विराटनगर बमकाण्डमा समातिएका भीमनारायण श्रेष्ठसँगै मृत्युदण्ड दिइएको थियो । उनीहरूलाई ठ्याक्कै कुन ठाउँमा मृत्युदण्ड दिइयो भन्ने यकिन नभए पनि कतिपयले कमला नदी किनारतिर ल्याएर मृत्युदण्ड दिएको बताउँछन् । क्याप्टेन थापालाई नेपाल सरकारले २०७२ फागुनमा शहिद घोषणा गरेको थियो । मृत्यु भएको ३७ वर्षपछि शहिद घोषणा गरिएका थापालाई मरणोपरान्त ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक दिने सरकारको निर्णयले सहिदको सम्मान भएको राजनीतिकर्मीहरू बताउँछन् ।
एकीकृत समाजवादीका नेता दिपक फुयाँलले सम्मानलाई सरकारले विवादरहित बनाउन नसके पनि सम्मानित भएका केही व्यक्तिहरू सम्मानयोग्य रहेको बताए । उनले भने, ‘थापालाई ४३ वर्षपछि सम्मान योग्य देख्नु अनौठो भए पनि सह्रानीय काम हो ।’
सुरुमा नेपाली सेनाको क्याप्टेन पदमा कार्यरत थापा पछि नेपाली कांग्रेसको पञ्चायत विरोधी आन्दोलनमा समाहित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार