वालिङका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार २०:५८:३०
तोलाकान्त बगाले
वालिङ । वालिङ नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाका विषयमा स्वास्थ्य संस्थास्तरीय वार्षिक समीक्षा गरिएको छ ।
दुईदिनसम्म सञ्चालन हुने वार्षिक समीक्षा कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यसम्बन्धी आधारभूत सेवालाई नागरिकहरुको पहुँचमा पुर्याउनका लागि वडा/वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याईएको बताइन् ।
उनले नागरिकहरुलाई स्वास्थ्य संस्थाबाट उपलब्ध गराउनुपर्ने सेवाहरु निरन्तररुपमा उपलब्ध गराउने र सेवा विस्तार गर्दै लगिने धारणा राखिन् ।
कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीहरुको निरन्तरको खटाई प्रशंसनीय रहेको बतादै सम्पूर्ण स्वास्थ्यकर्मीहरु धन्यवादको पात्र भएको धारणा राखे ।
महामारीका समयमा जोखिम मोलेर अग्रपंक्तिमा रही सेवा दिनुहुने स्वास्थ्यकर्मीहरुकै कारण कोरोना रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले सेवा प्रवाह गर्ने क्रममा स्वास्थ्य क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्ने बताए । विभिन्न स्वास्थ्य संस्थाहरुले गरेका असल कार्य तथा अनुभवहरुलाई अनुशरण गर्दै आगामी दिनमा नयाँ योजनाहरु बनाउन सहज हुने धारणा उनको थियो ।
लेखा अधिकृत ज्ञानप्रसाद पाण्डेको स्वागतसँगै शुरु भएको कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले गरेका थिय। समीक्षा कार्यक्रममा नगरभित्र रहेका अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार