निङ्गलाशैनी भगवती मन्दिर : डेउडा खेलमा राजनीतिक व्यंग
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार २३:१०:४७
४ असोज, बैतडी । बैतडीको निङ्गलाशैनी भगवती मन्दिरको जात्रा सोमबार पनि जारी छ । यस जात्रामा बैतडी जिल्लासहित दार्चुला, बझाङ, डडेल्धुरालगायत भारतीय दर्शनार्थीसमेत आउने गर्दछन् । सोमबार पूर्णिमाको अवसरमा लाग्ने जात्रामा डेउडा खेल खेल्ने चलन छ ।
सोमबार महिला र पुरुषको छुट्टाछुट्टै हातजोडी डेउडा खेल दिनभर लाग्ने गर्दछ । पछिल्लो समय डेउडा खेलमा राजनीतिक व्यंग हुने गरेको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने अन्य जात्राको समयमा बलि हुने भए पनि यो जात्रामा बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।
यो जात्रा भाद्र शुक्ल त्रयोदशीबाट सुरु भएर पूर्णिमाका दिन सकिन्छ । विगतमा अनन्त चर्तुदशीको रातभरी डेउडा खेल हुने गरेकोमा त्यो क्रम भने केही मात्रामा घटेको छ ।
यो जात्रामा तीन रात मन्दिरमा जाग्राम बस्ने भक्तजनहरूको समेत घुइँचो लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय बहादुर बोहराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार