सीमामा सशस्त्र प्रहरीमाथि बारम्बर किन आक्रमण हुन्छ ?
नेपालबहस संवाददाता
असोज ५, २०७८ मंगलबार १८:३६:५७
४ असोज, काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि कञ्चनपुरमा गरिएको आक्रमण पहिलो पटक भएको होइन । यस्तो आक्रमण पटक पटक हुने गरेको छ । भारतीय तस्कर समूहले नेपालतर्फ खटिएका सशस्त्र प्रहरी जवानमाथि पटक पटक आक्रमण गर्दैै आएका छन् । एक वर्ष अघि (२०७७ साउन ७) झापामा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको थियो । राति साढे ११ बजे झापाको गौरीगन्ज गाउँपालिका–५ स्थित सीमा क्षेत्रमा झडप हुँदा पनि त्यहा सशस्त्र प्रहरी जवान घाइते भएका थिए ।
त्यस्तै रौतहटमा सीमामा आवतजावत रोकिएका कारण जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय महिलालाई रोक्दा सशस्त्र प्रहरीमाथि हँसिया प्रहार भएको थियो । २०७७ साउनमै रौतहटको परोहा नगरपालिका ८ नरकटियाको सीमाबाट नेपालभित्र प्रवेश गर्न खोज्ने दुई भारतीय महिलालाई रोक्दा भारतीय पक्षले प्रहार गरेको हँसियाबाट चोट लागेर एकजना सशस्त्र प्रहरी घाइते भएका थिए ।
२५ जेठमा नवलपरासीको प्रतापपुर गाउँपालिका– ५, बसहिया चेकपोस्टमा समेत सशस्त्र प्रहरीमाथि आक्रमण भयो । २ सय जनाभन्दा बढीको समूहमा आएका भारतीय नागरिकको आक्रमणमा परेर ६ जना सशस्त्र प्रहरी नै घाइते भए । सो घटनामा सशस्त्र प्रहरीले ४ राउण्ड गोली नै चलाएको थियो । माथि उल्लेखित घट्ना प्रतिनीधि मात्रै हुन् । यसरी सशस्त्र प्रहरीमाथि सीमाक्षेत्रका दर्जनौं चेक पोष्टमा सानाठूला आक्रमण भएका छन् ।
सोमबार पनि कञ्चनपुरको दोधारा–चाँदनीमा सशस्त्र प्रहरीका जवानमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका छन् । भारतबाट नेपाल तर्फ भन्सारी छली सामानहरु ल्याउन खोज्ने भारतीय तस्कर समूहलाई रोक्न खोज्दा सशस्त्र प्रहरीका जवानमाथि आक्रमण भयो । यो विषयमा सशस्त्र मूख्यालयस्थित सूचना शाखाले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ मा अवैध सामान रोक्न खोज्ने सशस्त्र प्रहरीका सुदीप सुनारसहित तीन जना सशस्त्र प्रहरीका जवानमाथि हातपात भएको हो । चिनी लगायतको बोरामा सामान बोकेर आएको ८ जनाको समूहले उनीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । तस्कर समूहले नेपाल तर्फ ल्याएको सामान र मोटरसाइकल नियन्त्रणमा लिएको थियो । तर सो समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेर नियन्त्रणमा लिएको सामान लिएर फरार भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले आफ्ना जवानहरुमाथि आक्रमण भएको स्वीकार गरे ।
शैलेश्वरी गण अन्र्तगत १२ वटा बोर्डर आउटपोष्ट (बीओपी)रहेका छन् । सो गणमा ६२१ जना जनशक्ति हुने र एउटा बिओपीमा ३५ जनाको जनशक्ति रहेको ठाउँमा कसरी तीन जना प्रहरीमाथि आक्रमण भयो र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाना कसरी लिएर भागे भन्ने प्रश्न उठेको छ । ‘सो गण मातहत १२ वटा विओपीमा ३५ जना संख्या हुनुपर्नेमा कसरी आक्रमण भयो भन्ने प्रश्न उठेको छ, यो विषयमा हामी बुझ्दै छौ’, सशस्त्र प्रहरी मूख्यालयले भन्यो । स्रोतका अनुसार २ सय भन्दा बढी जनशक्ति कहाँ खटाइएको छ यस विषयमा गणपतिसँग कुराकानी भैरहेको र त्यहाँको आक्रमणबारे अनुसन्धान हुने मुख्यालय स्रोतले जनाएको छ ।
सीमा नाकामा भारतीय तस्करहरुले सशस्त्र प्रहरी जवानमाथि आक्रमण हुन थालेपछि सशस्त्र प्रहरी मुख्यालयले यसअघि सबै गण तथा गुल्ममा भएका कर्मचारीलाई चुस्तदुरुस्त राख्न र जवानहरुको सुरक्षामा ध्यान दिन तथा सर्पोटिङ टोली राख्न निर्देशन दिएको थियो । तर गण र गुल्मपतिहरुले बीओपीमा ३५ जना खटाउनु पर्नेमा २० जना, पोष्टमा ७ जना पठाउनु पर्नेमा तीन जना पठाउदै आएका छन् । ‘आज कञ्चनपुरमा आएको समस्या पनि यही जनशक्ति थोरै खटिदा सशस्त्र प्रहरीमाथि आक्रमण भएको त्यहाँको कमाण्डरको कमजोरीले प्रहरी कर्मचारीहरुमाथि आक्रमण हुँदै आएको छ’, सशस्त्र प्रहरी मूख्यालय स्रोतले भन्यो ।
सशस्त्र प्रहरी मूख्यालयका अनुसार सबै गणमा विओपीलाई पुग्ने गरी संख्य खटाएको हुन्छ तर फिल्डमा भने तीन जना मात्रै खटिएका समाचार आउन थालेपछि मूख्यालयले त्यसो नगर्न र सुरक्षित ढंगले डिउटी खटाउन निर्देशन दिएको थियो । ‘कमाण्डरले घर विदामा पठाउने र जनशक्ति अभाव हुने देखिएको छ यस्तो नहोस भन्नका लागि केहीदिन भित्रै सबै यूनिटको अनुगमन हुनेछ’, सशस्त्र प्रहरी मूख्यालय स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार