सशस्त्र प्रहरीका सात बोर्डर आउट पोष्ट भवन
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार १६:४६:३
६ असोज, वीरगञ्ज । पर्सा जिल्लाअन्तर्गत नेपाल–भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करिब रु एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन् । उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निमार्णपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप सजिलो हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
यसअगावै उक्त स्थानमा बोर्डर आउट पोष्टका आफ्नै भवन नहुँदा पुराना र जिर्ण अवस्थामा रहेका सरकारी तथा सार्वजनिक भवनमा गुजारा चलाइँदै आएको थियो । जिल्लामा कूल १८ बिओपीमध्ये अझै पनि १० बिओपी अन्यको भवनमा सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार