बैतडीमा मासु व्यापारी पसल नजिकै मृत फेला, हत्याको आशंका
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार १६:८:४६
७ असोज, बैतडी । बैतडीको सुर्नया गाउँपालिका-४ सन्सेरीमाडौं बजारमा मासु पसल संचालन गर्दै आएका एक व्यापारी मृत भेटिएका छन् ।
सुर्नया- लेकडाँडाका स्थानीय रहेका ४५ वर्षीय कमलसिंह महरा आज बिहीबार बिहान पसल नजिकै मृत फेला परेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
महराको शव स्थानीयले बिहीबार बिहान साढे ६ बजे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।स्थानीय गणेश भाटका अनुसार मृतकको शव राम महरा र हिक्मत महराको पसल अगाडि भेटिएको हो ।
मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । मृतकको टाउको, छाती र शरिरका बिभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानबिन गरिनुपर्ने स्थानीय प्रताप महराले बताए ।
इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार