दीपकराज र दीपाश्रीसँग मिलेर ‘कालो कोट’ बनाउँदै रोहित
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार १९:१९:२८
७ असोज, काठमाडौं । निर्माता रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर नयाँ चलचित्र बनाउने भएका छन् । यसअघि ‘छ माया छपक्कै’ निर्माण गरेर टिमअप भएका रोहितले ‘कालो कोट’ शीर्षकमा चलचित्र बनाउने तयारी थालेका हुन् ।
प्रदीप भारद्वाजले लेखिरहेको चलचित्रको हाल कास्टिङको काम चलिरहेको छ । ‘सोसल/कमेडी’ विधाको यो चलचित्रमा निर्माण टिमले सौगात मल्ललाई एन्टागोनिस्टका लागि अफर गरेका छन् । सौगातले यो भूमिका स्वीकार गरे, दीपक/दीपा समूहसँग उनको सहकार्य पहिलो हुनेछ ।
यस अगाडि दीपक(दीपाले दयाहाङ राईसंग ‘वडा नम्बर ६’ मा काम गरिसकेका छन् । फिल्ममा तीन अभिनेत्री रहने छन् । यसका लागि स्थापित अभिनेत्रीसँग कुरा भइरहेको निर्माण टिम स्रोतले बतायो ।
‘कालो कोट’ को निर्देशन सिमोस सुनुवारले गर्ने बताइको छ । यसअघि पनि विभिन्न स्क्रिप्टमा सिमोस र दीपक(दीपाको समूहबीच छलफल भइसकेको छ । तर, सहकार्य हुन्केको छैन ।
दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ सिरिज मात्र निर्देशन गर्ने मनस्थिति बनाएकाले अन्य शीर्षकका चलचित्रमा नयाँ निर्देशक रहने छन् ।
यसअघि ‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका थिए । चलचित्रमा दीपक–दीपाको समूहबाट दीपक(दीपा र माग्ने बूढा ९केदार घिमिरे० मात्र साझेदारको रूपमा रहने छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा आए तिहारपछि सुटिङमा जाने रोहित र दीपक(दीपा समूहको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार