सशस्त्र डीआईजी सरुवामा राजनीतिक हस्तक्षेप !
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार २०:०:२६
८ असाेज, काठमाडाैं । नेपाल सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार सांझ सो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
गृहमन्त्री खाँडले विभिन्न राजनीतिक दलका नेताहरुलाई खुशी पार्ने क्रममा एमालेबाट विभाजित भएर बनेको नेकपा एस पार्टीको तर्फबाट गणेश ठाडा मगरलाई प्रदेश २ को जिम्मेवारी दिइएको छ । प्रदेश २ मा रहेका सीपी गौतमलाई तानेर उनलाई पठाइएको हो ।
सशस्त्र प्रहरीका अर्का डीआईजी अभि खत्रीलाई मूख्यालय छिर्नबाट रोक लगाइएको छ । सशस्त्र प्रहरी बलको केन्द्रिय लेखा स्टोरमा २०७५ पुष महिनामा भएको आगलागीमा उनको संलग्न भएपनि उनलाई जोगाइएकाले उनलाई मूख्यालय छिर्नबाट रोक लगाइएको हो ।
तत्कालिन आर्थिक प्रशासन प्रमुख खत्रीमाथी गम्भिर रुपमा छानबिन हुन नसक्दा रहस्यमय आगलागीको छिनोफानो हुन नसके र मध्यरातमा पेट्रोल छर्केर आगो लगाउने कार्यमा तल्ला तहका कर्मचारी माथी अनुसन्धान भएपछि उनी जोगिएका थिए । उनको बद्मासीको बारेमा जानकार रहेको मूख्यालयले उनको सरुवा यथावत राखेको छ ।
डीआईजी मन्दिप श्रेष्ठलाई गढिमाई वाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालयमा आईजीपीको सचिवालयमा सरुवा गरिएको छ भने हेटौडामा डीआईजी किशोर प्रधानलाई पठाइएको छ । प्रधान विन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका प्रमुख थिए । एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्मानीमध्ये एक परेका छन् डीआईजी प्रधान ।
डीआईजी कुलबहादुर नेम्बाङ्गलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी वाहिनी, रुपन्देही सरुवा गरिएको छ । त्यसैगरी,डीआईजी राजु अर्याललाई पशुपतिनाथ वाहिनी, काठमाडौंको प्रमुखबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ । पशुपति वाहिनीको प्रमुखमा डीआईजी बंशीराज दाहाललाई लगिएको छ ।
यसअघि दाहाल बराह वाहिनी मुख्यालय सुनसरीका प्रमुख थिए अर्थात् पूर्वाञ्चलका कमाण्डर थिए । दाहाल पनि एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्यमानी डीआईजी ठहरिएका छन् । पूर्वाञ्चलको नयां कमाण्डरमा डीआईजी कमल गिरी लगिएका छन् । उनी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मुख्यालयमा कार्यरत थिए ।
सशस्त्र प्रहरीको पश्चिमाञ्चल पोखराको कमाण्डरबाट डीआईजी नारायणदत्त पौडेललाई सरुवा गरी मुख्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा लगिएको छ भने पश्चिमाञ्चलको कमाण्डरमा डीआईजी शम्भु सुवेदीलाई खटाइएको छ । सुवेदी राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत थिए । सुरक्षा परिषदमा तत्कालका लागि कसैलाई पनि सरुवा गरिएको छैन ।
यसैगरी दुई नं प्रदेशका कमाण्डर डीआईजी चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ । गौतमको ठाउंमा डीआईजी गणेशबहादुर ठाडा मगरलाई लगिएको हो । २ नं प्रदेशको कमाण्ड बनाइएका ठाडा यसअघि मुख्यालयमा कार्य तथा सीमा विभागमा कार्यरत थिए । उनलाई रामकुमारी झाक्रीले २ प्रदेश पठाउन दबाब दिएकी थिइन । सशस्त्र प्रहरी मुख्यालयको मानवस्रोत विभागमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई सुदुर पश्चिम प्रदेशको कमाण्डर बनाई कैलाली पठाइएको छ ।
सशस्त्र प्रहरीका ११ डीआईजी, को कहाँ ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार