पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार २०:२३:५८
८ असोज, काठमाडौं । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ ।
कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए।
मल्लका अनुसार यो फेस्टिभल कुनै कम्पिटिसन नभएर नितान्त नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रबर्द्धनको लागि आयोजना गर्न लागिएको हो।
फेस्टिभलका आयोजक नवराज श्रेष्ठका अनुसार चलचित्र महोत्सवको मिति चांडैनै तय गरिनेछ । उनले भने, ‘कोरोना महामारीका कारण केही कठिनाइ भएको छ । हामीले छिट्टै महोत्सवको मिति घोषणा गर्ने छौँ ।’
ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस ‘एलएलसी’ले संयुक्त रुपमा आयोजना गर्ने भएका हुन् ।
चलचित्र महोत्सवलाई भब्य रुपमा सफल पार्न सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुकहरूसँग नबराज श्रेष्ठले साथ सहयोगको अपील गरेका छन् । नेपाली चलचित्रको महत्वका विषयमा विश्वभरि प्रचार प्रसार होस् भनेर महोत्सव गर्न लागेका छौँ। तसर्थ विश्वभर फैलिएर बसेका चलचित्रकर्मी तथा नेपाली चलचित्रप्रेमीहरुको सहभागिताको समेत अपेक्षा राखेको आयोजक कमिटिले जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार