गायिका इन्दिरा जोशीसँग इंगेज्मेन्ट गर्ने को हुन् शरद केडिया ?
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार २२:५७:२१
८ असोज, काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन् । शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन् ।
इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन् । उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन् । फेसन डिजाइनरका रूपमा कार्यरत शरद र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ ।
‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली…बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन् । काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका डे«स तयार पार्न माहिर छन् ।
फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो । व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ । उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत उनीहरूका निकटवर्तीहरू बताउँछन् ।
विशेष गरी आइटम गीतका कारण चर्चामा छाउने गरेकी इन्दिरा पछिल्लो समय नेपाल आइडलकी एक निर्णायकका रूपमा समेत रहँदै आएकी थिइन् । शरद भने फेसन डिजाइनका कारण नेपाली महिला सेलिब्रेटीमाझ परिचित छन् । शरद र इन्दिराले बिहे चाहिँ कहिले गर्छन् ? त्यो भने अहिलेलाई गोप्य नै राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार