उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...

नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १३:४५:३३

३० वैशाख, काठमाडाैं । केरलाका एक युवा चालक दलका सदस्यहरूसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। उक्त युवकले उडानकै क्रममा समुन्द्रमा हाम फाल्ने धम्की दिएका थिए ।
दुबई र मंगलुरुबीचको एयर इन्डिया एक्सप्रेसको उडानमा चालक दलका सदस्यहरूसँग दुर्व्यवहार गरेको आरोपमा केरलाका एक व्यक्ति पक्राउ परेका छन्। उक्त व्यक्तिले उडानकै क्रममा विमानबाट हाम फाल्ने धम्की समेत दिएका थिए जसका कारण त्यहाँ हलचल मच्चिएको थियो ।
यस विषयमा जानकारी दिँदै एयर इन्डिया एक्सप्रेसका सुरक्षा संयोजक सिद्धार्थ दासले यात्रु विरुद्ध उजुरी दर्ता भएको बताएका छन् । मंगलुरुमा अवतरण गरेपछि उनलाई विमानस्थलमा उपस्थित सुरक्षाकर्मीले समातेका थिए । युवकलाई प्रहरीको जिम्मा लगाइएको छ ।
यस विषयमा जानकारी दिँदै प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान केरलाको कन्नूरका मुहम्मद बीसीको रूपमा गरेको छ। यी व्यक्ति ८ मे मा दुबईबाट मङ्गलुरुका लागि एयर इन्डिया एक्सप्रेसमा यात्रा गर्दै थिए। आफ्नो यात्राको क्रममा उनले चालक दलसँग दुर्व्यवहार गरे। उनले उडानका क्रममा अशान्ति सिर्जना गर्ने प्रयास गरेपछि यात्रुले असुविधाको सामना गर्नुपरेको थियो । उडानकै क्रममा उनले समुन्द्रमा हाम फाल्ने धम्की दिएका थिए जसका कारण उडानमा रहेका अन्यको ज्यान जोखिममा परेको थियो ।
मंगलुरुमा अवतरण गरेपछि विमानस्थलमा उपस्थित सुरक्षाकर्मीले उनलाई समातेको थियाे। आवश्यक कानुनी कारबाहीका लागि युवकलाई वाजपे प्रहरी चौकीमा बुझाइएको छ । प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री
माघ ९, २०८१ बुधबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार
राष्ट्रपति ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
माघ ३०, २०८१ बुधबार