व्यापारी हत्या प्रकरण : पक्राउ परेका चारजना सार्वजनिक
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार २३:७:३१
८ असोज, बैतडी । सन्सेरीमाण्डौंका व्यापारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका सातजना मध्ये तीनजनालाई सामान्य सोधपुछपछि छोडेको र बाँकी चारजनालाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सुर्नया गाउँपालिका–५ हरिचन निवासी २६ वर्षीय रामबहादुर मडै, सुर्नया–४ का हरिस सिंह महरा, स्थानीय होटेल सन्चालक रामबहादुर महरा र शंकरसिंह महरालाई शुक्रबार सार्वजनिक गरेको हो । उनीहरूले व्यापारी कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरीको आरोप छ ।
बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ । उनले भने, ‘आरोपित व्यक्तिहरूको बयान शुरु भएको छैन् ।
सामान्य सोधपुछका क्रममा तीनजनालाई छोडेर चारजनालाई हिरासतमा राखि अनुसन्धान शुरु गरेका छौं।’ चारजना मध्ये रामबहादुर मडैको हत्यामा मुख्य संलग्नता रहेको प्रहरीले जनाएको छ । मडैलाई बिहीबार घरैबाट प्रहरीले पक्रेको हो । सुर्नया–४ सन्सेरीमाण्डैँस्थित मासु पसल सञ्चालन गर्दै आएका ५६ वर्षीय कमले महराको बिहीबार बिहान शव फेला परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार