विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पक्राउ
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार १८:१:१३
११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरस्थित सडकबाट २ सय ५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने नवलपरासी (पश्चिम) मध्यबिन्दु नगरपालिका-८ घर भएका २१ वर्षीय सौरभ लम्साललाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त ब्राउनसुगर काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने मोरङ
उर्लाबारी नगरपालिका-२ घर भएका ३३ वर्षीय संगम तामाङबाट खरिद गरी ल्याएको खुल्न आएपछि सोही महानगरपालिका-३० ज्ञानेश्वरबाट बा।७० प २४९२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तामाङलाई समेत २७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब २ किलो अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ दोरङ गाउँपालिका-१ बस्ने २३ वर्षीय सुमन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धादिङ्बाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा सोही ठाउँस्थित नागढुङ्गा चेक प्वाइन्ट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजाको धुलो सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २ सय ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र नगद १ लाख ५५ हजार रुपैयाँ सहित सोही महानगरपालिका बस्ने गोरखा भिमसेन थापा गाउँपालिका-७ घर भएका २८ वर्षीय गणेश अधिकारी लगायत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बा।१० च ३३०९ नम्बरको गाडीमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी गाडीका चालक समेत ३ जनालाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोक बस्ने २६ वर्षीय मनोज रोक्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १२९ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार