देशभरका हल २१ असोजबाट खोल्ने चलचित्र संघको निर्णय
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार २०:२२:३४
११ असोज, काठमाडौं । कोरोनाका कारण ठप्प रहेको फिल्म प्रदर्शन दशैंबाट सुचारु हुने भएको छ । हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघले आइतबार विज्ञप्ति जारी गर्दै २१ असोजदेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन गर्न लागेको जानकारी दिएको छ ।
संघले अबको तीन महिनाभित्र प्रदर्शन गर्ने फिल्मको नाम र प्रदर्शन मिति २० असोजसम्म सार्वजनिक गर्न पनि निर्माताहरूलाई सुझाएको छ ।
चलचित्र प्रदर्शन व्यावसायिक समितिका संयोजक अशोक शर्माको हस्ताक्षरयुक्त विज्ञप्तिमा १८ महिनादेखि बन्द रहेको फिल्म प्रदर्शनलाई सुचारु गर्दा अबउप्रान्त एउटा नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म प्रदर्शन गर्न पाइने प्रावधान जारी गरेको छ ।
अबको तीन महिनासम्म स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा हलले निर्मातालाई पहिलो सातामा ५५ प्रतिशत र दोस्रो सातामा ५० प्रतिशत सेयर रकम भुक्तानी गरिने जनाएको छ । संघले नेपाली फिल्मको प्रदर्शन मिति तोकिएको समयमा विदेशमा सोही समयमा फिल्म प्रदर्शन नगर्नेसमेत बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार