अवकाशपछि पनि रथि हमाल फोर्स कमाण्डर !
नेपालबहस संवाददाता
असोज ११, २०७८ मंगलबार ४:१:४१
११ असाेज, काठमाडौं । नेपाली सेनाका रथि इश्वर हमालले अवकाशपछि पनि सिरियाको गोलनहाइटमा संयुक्त राष्ट्रसंघ ९यूएन० अन्तर्गत शान्ति मिसनमा फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् ।
यही असोज २५ गतेबाट ५८ वर्षे उमेर हदका कारण नियमित अवकाशमा जाने भएपनि सेनाले उनको कार्यकालभरि फोर्स कमाण्डर सम्हाल्न पाउने भएका हुन् । उनको स्थानमा नयाँ रथीमा वरिष्ठ उपरथी सरोजप्रताप राणालाई बढुवा गर्ने तयारी भएको सैनिक मूख्यालय जंगी अड्डाले जनाएको छ ।
हमालले नेपाली सेनाबाट अवकाश पाए पनि शान्ति स्थापनामा फोर्स कमान्डरको रुपमा आफ्नो दुई वर्षे कार्यकाल नसक्दा समेत काम गर्न पाउने नेपाली सेनाका प्रवक्ता सहायक रथि सन्तोषबल्लभ पौडेलले बताए । उनका अनुसार सरकारले नै दुई वर्षे कार्यकाल पूरा हुने गरी निर्णय गरेकाले अवकाशपछि निरन्तर कमाण्डर हुन पाउने भएका हुन् ।
यूएनको जिम्मेवारीमा नेपाललाई उच्च तहमा थोरै मौका मिल्ने र त्यो मौका पनि जागिरको हदले जाने भएपछि उक्त निर्णय गरिएको थियो । फोर्स कमान्डरमा भने सरकारले सिफारिस गरे पनि जो कोही काम गर्नसक्ने अवस्था हुन्न ।
यसका लागि फोर्स कमान्डरका आकांक्षीहरुले परीक्षा पास गर्नुपर्ने हुन्छ । हमालसहित अन्य सैनिक अधिकृतहरुलाई हेरेर सरकारले नेपालमा अवकाश पाए पनि विदेशमा जिम्मेवारी सम्हाल्दा समेत उही पदमा रहेको जानकारी दिने गरी निर्णय गरेको थियो ।
हमाललाई संयुक्त राष्ट्र संघले सन् २०२० को फ्रेब्रुअरीमा फोर्स कमान्डर नियुक्त गरेको थियो । दुई वर्षे कार्यकालमा उनले १९ महिना काम गरिसकेका छन् । अब ५ महिना काम गर्न बाँकी रहेको छ । हमाल यही असोज २५ गतेबाट सैनिक सेवाबाट अबकाश पाउदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार