काठमाडौंवासीको भान्सा महँगो बन्दै, एक मुठा रायोलाई ७० रुपैयाँ !
नेपालबहस संवाददाता
असोज १२, २०७८ मंगलबार २१:७:५२
भूमिका तिमल्सिना
१२ असोज, काठमाडौं । केही दिनयता काठमाडौंवासीको भान्सा महँगो बन्दै गएको छ । बजारमा तरकारी किनेर खान काठमाडौंवासीलाई हम्मे पर्न थालेको छ ।
तरकारीको मूल्य थोक बजारमै महँगो हुँदा उपभोक्ताले खुद्रा पसलबाट किनेर खान धौधौ पर्ने बेला आइसकेको छ । दिनप्रतिदिन व्यपारीहरूले नियमित भान्सामा प्रयोग हुने तरकारीको मूल्यमा वृद्धि गर्दा सर्वसाधारण मारमा परेका छन् । सामान्य हरियो सागपात किनेर खानभन्दा मासु किनेर खान सस्तो पर्ने भन्दै उपभोक्ताले गुनासो गर्दै आएका छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकिलो एक सय ५० रुपैयाँ तोकिएकोमा सर्वसाधारणले प्रतिकिलो दुई सय ५० रुपैयाँसम्म तिर्न बाध्य भएको उपत्यकावासी बताउँछन् । उपभोक्ता तथा पूर्व परराष्ट्रमन्त्री देवेन्द्र पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक सय ५० रुपैयाँ तिरेर दुई मुठा साग, ल आयो है दशैैं ।’ उपभोक्ता भन्छन् बजार अनुगमनमा कमी भएकाले व्यापारीले चरम लापरबाही गर्न थालेका छन् ।
वाणिज्यको क्षेत्र धेरै भएकाले व्यापारीले आँखा छल्दा नियन्त्रण गर्न सम्भव नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईं बताउँछन् । उनी भन्छन्, ‘कसैले कानुन विपरित बढी मूल्य लिएर ठग्ने प्रयास गरेमा कानुनबमोजिम कारबाही अघि बढाउँछौँ । हामीले हेर्न त हेरिरहेका छौँ । हामीले गर्ने काममा कुनै कमी ल्याएका छैनौँ, तर तरकारीको मूल्य बढ्नुमा बिचौलियाको पनि हात धेरै हुन्छ ।’ उनले यस विषयमा कृषि मन्त्रालयको पनि ध्यानाकर्षण गराए ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार पालुंगो प्रतिकिलो दुई सय रुपैयाँ मूल्य तोकिएको छ । त्यसैगरी, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ । कालिमाटीमै महँगो भएको तरकारी उपभोक्तासम्म आइपुग्दासम्म झन्डै दोब्बरले वृद्धि हुन्छ ।
साताको तेस्रो दिन मंगलबार कुरिलोको भाउमा वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एकैदिनमा कुरिलोको मूल्य एक सय रुपैयाँले बढेको छ । सोमबार प्रतिकिलो आठ सय रुपैयाँमा कारोबार भएकमा आज एक सय रुपैयाँले मूल्य वृद्धि हुँदा प्रतिकिलो नौ सय रुपैयाँ कायम भएको बजार विकास समितिले जनाएको छ ।
त्यस्तै, मंगलबार कााउलीको मूल्य भने १० रुपैयाँले घटेको छ । तथ्यांकअनुसार सोमबार प्रतिकिलो अधिकतम एक सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर अधिकतम प्रतिकिलो ९० रुपैयाँ कायम भएको हो । आज सानो गोलभेँडाको मूल्य अधिकतम ४० रुपैयाँ र न्यूनतम ३३ रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार कागतीको मूल्य भने वृद्धि भएको छ । सोमबार प्रतिकिलो एक सय ८० रुपैयाँमा कारोबार भएकोमा आज ७० रुपैयाँको वृद्धि भएर कागतीको मूल्य दुई सय २५ रुपैयाँ कायम भएको तरकारी बजार विकास समितिले जनाएको छ । कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार