दशैंको मुखमा सस्तिँदै सुनचाँदीको मूल्य, आज तोलाको कति ?
नेपालबहस संवाददाता
असोज १४, २०७८ बिहिबार १८:२:४६
१४ असोज, काठमाडौं । दशैंको मुखमा सुनचाँदीको मूल्य सस्तिँदै गएको छ । आज साताको पाँचौँ दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको हो ।
आज छापावाल सुन प्रति १० ग्राम ७६ हजार ४५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७५ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार १२० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक हजार १५५ रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै, प्रति १० ग्राम ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार