सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै
नेपालबहस संवाददाता
असोज १५, २०७८ शुक्रबार १७:१६:२५
१५ असोज, सुदूरपश्चिम । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार जारी गरेको सूचनामा यात्रुको आवागमनलाई व्यवस्थित र सहजीकरण गर्न नेपाल प्रवेशका लागि तोकिएका त्रिनगर सीमानाका र खक्रौला सीमानाकामा सम्बन्धित स्थानीय तह तथा स्वास्थ्य कार्यालयले हेल्थ डेस्क सञ्चालनमा ल्याई नेपाल प्रवेश सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकका हकमा निजले प्रवेश गर्नुअघिको ७२ घण्टाभित्रको कोरोना भाइरसको नमूना परीक्षणको नेगेटिभ नतिजाको प्रमाण देखाउनुपर्ने र प्रवेश गर्ने कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी नतिजा नेगेटिभ आएमात्र प्रवेश दिइनेसमेत सूचनामा जनाइएको छ ।
बडादशैँजस्ता चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सुदूरपश्चिमका भारतसँग जोडिएका सीमानाकाबाट भित्रिने नेपाली बढ्न थालेका छन् । यससँगै कोरोना भाइरसको संक्रमण बढ्नसक्ने जोखिम पनि देखिएको छ । पछिल्ला दिनमा नागरिकले मास्क प्रयोग गर्नमा समेत बेवास्ता गर्दा यो रोगको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रदेशमा गएको वैशाख र जेठ महिनामा उच्च रहेको कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर असार महिनादेखि घट्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार