ज्येष्ठ नागरिकलाई सम्मानका साथ राखौँः मुख्यमन्त्री भट्ट
नेपालबहस संवाददाता
असोज १५, २०७८ शुक्रबार १९:५१:४५
१५ असोज, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकलाई घर परिवारमै सम्मानजनक ढङ्गले बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिकास्थित वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सन्ततिले गर्ने व्यवहारको सिको भावी पुस्ताले समेत गर्ने बताए । “ज्येष्ठ नागरिकले वृद्धाश्रममा बस्नुपर्ने वातावरण कसरी बन्यो ?”, मुख्यमन्त्री भटृले भने, “आफूसित राख्ने वातावरण किन बनेन् भन्ने विषयमा छलफल हुनु आवश्यक छ ।” उनले ज्येष्ठ नागरिकलाई बोझ सम्झेर वृद्धाश्रम पुर्याउनेले आफूले पनि पछि त्यही नियति भोग्नुपर्नेमा हेक्का राख्न सुझाव दिए।
सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जीवनका महत्वपूर्ण समय परिवार र देशका निम्ति खर्चेका वृद्धवद्धा शारीरिक अवस्था कमजोर भए पनि विविध खाले समस्यासित जुध्नुपरेको बताए । “वृद्धाश्रममा कोही पनि बसून् भन्ने होइन ।” उनले भने, “घरमै राम्रो व्यवहारका साथ बस्ने वातावरण मिलाउनुपर्छ ।”
मुख्यमन्त्री भट्टले प्रदेश सरकारको सहयोगमा वृद्धाश्रम परिसरमा निर्मित आवासगृह र सभाहल र छेउमै रहेको रौटेला खोलामा निर्मित झोलुङ्गे पुल पनि उद्घाटन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार