तिहारमा हलभरि ‘चोर–पुलीस’ को लुकामारी
नेपालबहस संवाददाता
असोज १६, २०७८ शनिबार १२:४१:५८
१६ असोज, काठमाडौं । नयाँ नेपाली फिल्म ‘चोर र पुलीस’ को टिजर सार्वजनीक गरिएको छ । तिहारको अबसरमा कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन गर्न लागीएको फिल्मको टिजर शुक्रबार म्युजीक नेपाल युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
आरएल मोक्तानको निर्देशनमा बनेको फिल्मको टिजरमा फिल्ममा अभिनीत अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । फिल्ममा धीरेन शाक्य,राजेन्द्र खड्की,बुद्धि तामाङ,जयनन्द लामा,जयकिसन बस्नेत,रबि गिरी, सोभित बस्नेत,रामचन्द्र अधिकारी,सुरवीर पण्डित,जाहान्वी बस्नेत,कविता राया, सुलेमान शंकर इकु,अर्जुन गुरुङ,सुभाष गजुरेल,शारदा गिरी,रश्मी भट्ट,रेशम फिरिरी, मदन ताम्राकार,आरएल लामा,सुशान्त राई (भाले डन) लगायतले अभिनय गरेका छन ।
आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । करणबहादुर बिष्ट सहनिर्माता रहेको फिल्मको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् । रामेश्वर हुमागाईले खिचेको फिल्मका गीतमा बिकास चौधरीको संगीत छ ।
तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको फिल्ममा राजु किराँतीको द्धन्द्ध निर्देशन छ । मान्छे किन चोर बन्छ, समाजले चोरलाई कसरी हेर्छलगायतको मार्मीक बिषयमा फिल्म निर्माण गरेको निर्देशक आरएल बताउछन् । कोरोनाका कारण ठप्प रहेको नेपाली फिल्म उद्योगलाई ‘चोर र पुलिस’ ले थोरै भए पनि राहत दिन सक्ने बिश्वास निर्देशक आरएलको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार