दसैं नजिँकिँदै गर्दा बजारमा सुनको मूल्यले उचाइ लिँदै
नेपालबहस संवाददाता
असोज १७, २०७८ आइतबार १८:१७:१२
१४ असोज, काठमाडौं । दसैं नजिँकिँदै गर्दा सुनको मूल्यले उचाइ लिन थालेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर ८९ हजार आाठ सय रुपैयाँ कायम भएको हो ।
छापावाल सुन प्रति १० ग्राम ७६ हजार नौ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रति १० ग्राम ७६ हजार ६ सय पाँच रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला एक हजार एक सय ६० रुपैयाँ कायम गरेको छ । गत शुक्रबार एक हजार एक सय ४० रुपैयाँ कायम भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार