विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
असोज १८, २०७८ सोमबार १८:१९:१९
१८ असोज, गोदावरी । जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । विसं २०७५ भदौ २० गतेदेखि उनी फरार रहेका थिए ।
प्रहरीले कैलालीकै बर्दगोरिया–६ बस्ने वर्ष २२ का अशोक चौधरीलाई पनि पक्राउ गरेको छ । उनलाई जबर्जस्ती करणीको कसूरमा अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो । उनी २०७२ असार २१ बाट फरार रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कैलाली जिल्ला अदालतबाट लागुऔषध मुद्दामा २०६६ वैशाख १२ गते रु ५०० जरिवाना भई फरार रहेका धनगढी उपमहानगरपालिका–१ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
अन्य पक्राउपर्नेमा वन मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–१७ बस्ने वर्ष १८ का अमन चौधरी, सोही ठाउँका वर्ष २९ का कृष्ण राना, वर्ष १८ का अभिषेक चौधरी र वर्ष ३० का बब्लु राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।
उनीहरुलाई २०७८ साउन ८ गते गौरीगङ्गा नगरपालिका–६ मा विनाइजाजत वन पैदावार ओसारपसार गरेको अभियोगमा डिभिजन वन कार्यालयले मुद्दा दायर गरी वन ऐन, २०७६ को दफा ५८९२० बमोजिम जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । आवश्यक कानूनी कारवाहीका लागि चारै जनालाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार