सिटी सेन्टर जाने जो कोहीलाई पनि पर्न सक्छ उपहार
नेपालबहस संवाददाता
असोज १८, २०७८ सोमबार २३:१०:३८
१८ असोज, काठमाडौं । सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु सार्वजनिक गरेको छ । काठमाडौं–कमलपोखरीमा रहेको सेन्टरले शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी विभिन्न योजना ल्याएको बजार संचार तथा ब्राण्ड डिपार्टका बिनोद घिमिरेले जानकारी दिए ।
किनमेल गर्ने र किनमेल नगरी घुम्नमात्रै जाने ग्राहकहरुलाई पनि योजनामा सामेल गर्ने जनाइएको छ । जसबाट सिटी सेन्टर जाने जो कोहीलाई पनि उपहार पर्न सक्ने सम्भावना भएको छ । असोज १६ गतेदेखि सुरु भएको योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले चाडवार्ड लक्षित योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।
शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।
यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् ।
विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ । असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ ।
चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना २४ कार्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार