बेलहिया नाका : नेपालीलाई एन्टीजेन र विदेशीलाई पीसीआर अनिवार्य
नेपालबहस संवाददाता
असोज १९, २०७८ मंगलबार २३:८:५५
१९ असोज, बुटवल । सीमानाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झन्डै चार सय नेपाली भारतबाट स्वदेश फर्किन थालेका छन् ।
१८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएसँगै सीमा क्षेत्रमा चहलपहल बाक्लिएको छ । कोभिड-१९ का कारण १० चैत ०७६ देखि नेपाल(भारत सीमा बन्द थियो । बीचमा सरकारले नाका सुचारु हुने संकेत गरे पनि कोभिडको दोस्रो चरण सुरु भएसँगै बन्द थियो ।
इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै स्वदेश आउने नेपाली एवं विदेशी पर्यटकलाई प्रवेश अनुमति दिइएको जानकारी दिए । ‘अहिले दैनिक करिब चार सयजना नेपाल प्रवेश गरिरहेका छन्, उनीहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्रै गन्तव्यतर्फ जान दिएका छौं,’ उनले भने ।
सीमा क्षेत्रबाट प्रवेश गर्ने नेपाली यात्रुको हकमा सामान्य ज्वरो नापेर शंकास्पद देखिए एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । एन्टीजेन परीक्षणमा पोजेटिभ आए पीसीआर परीक्षण गरिने र पीसीआरको नतिजाको आधारमा यात्रुको व्यवस्थापन गरिने प्रहरी निरीक्षक पौडेलले बताए ।
भारतीय पर्यटकले भने ७२ घन्टे पीसीआर रिपोर्ट देखाई जिल्लास्तरीय कोभिड नियन्त्रण विशेष समिति ९सीसीएमसी० द्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य छैन । यसैगरी, तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घन्टे पीसीआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने तिवारीले जानकारी दिए ।
भारतीय पर्यटक र यात्रुसहित निजी भारतीय सवारी नेपाल भित्रिन थालेपछि यहाँका पर्यटन व्यवसायी तथा होटल व्यवसायीसमेत उत्साहित बनेका छन् । कोभिडका कारण लामो समयदेखि थला परेको पर्यटन व्यवसाय नाकामा आवागमन सहज हुन थालेसँगै उकासिने उनीहरूको भनाइ छ ।
अहिले सीमानाकाबाट विशेषगरी दशैं मनाउने नेपालीहरू प्रवेश गरिरहेका छन् । तीमध्ये गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कास्कीलगायत पहाडी जिल्लाका युवाहरू धेरै रहेको बेलहियाका प्रहरी प्रमुख पौडेलले बताए । नेपालीहरू धेरै ठूलो संख्यामा स्वदेश फर्किन थालेपछि स्वास्थ्य जाँचमा पनि समस्या पर्ने गरेको उनको भनाइ छ । भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउनेदेखि उनीहरूको गुनासो सम्बोधनका लागि बेलहिया नाकामा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार