२००७ सालको क्रान्तिसँग जोडिएको सङ्गठन हो नेपाल प्रहरीः मुख्यमन्त्री पोखरेल
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार १८:४६:२५
२० असोज, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल प्रहरी लोकतन्त्रका पक्षमा लडेको सङ्गठन भएको बताएको छ । ६६औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत मुक्ति सेनालाई २००७ सालको परिवर्तन पछि नेपाल प्रहरीका रुपमा बनाइएको हो भने ।
स्थापनाकालदेखि नै देशमा लोकतन्त्रको स्थापनासँगै जनताको हक अधिकार स्थापित गराउन, शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको जनाउँदै उनले सीमित स्रोत साधनका बाबजुद पनि हरेक क्षेत्रमा यस सङ्गठनले उदाहरणीय काम गरेको बताए ।
शान्ति सुरक्षासँगै महामारीजन्य प्रकोपमा पनि नेपाल प्रहरी अहोरात्र खटिएको स्मरण गर्दै उहाँले प्रहरी दिवसका अवसरमा देश र जनताका लागि विगतमा जस्तै खटिने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे । प्रहरी नायब महानिरिक्षक दिवेश लोहनीले देश, जनता र सङ्गठनको गरिमा उचो हुने गरी नेपाल प्रहरीले योगदान दिँदै आएको बताउँदै अग्रजको प्रेरणा, कर्तव्य परायणता र गौरवमय इतिहासलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । उनले कानुनको निष्पक्ष कार्यान्वयन, शान्ति सुरक्षा र अमनचयन जस्ता कुरालाई प्राथमिकतामा राख्दै नागरिकमैत्री भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना सन्देश पढेर सुनाएको थियो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्रसहित नगद सहयोग रकम हस्तान्तरण गर्नुका साथै सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी र विभिन्न संघ संस्थालाई सम्मान समेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार