कम्यूनिष्टको गढमा धक्का: बिरुवा गाँउपालिकामा ६१ जना एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश
नेपालबहस संवाददाता
असोज २१, २०७८ बिहिबार १७:४७:५२
२१ असोज, स्याङ्जा । कम्यूनिष्टहरुको गढको रुपमा रहँदै आएको विरुवा गाँउपालिका ५ चेप्टेका ६१ जना भन्दा बढी एमाले कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन । बिरुवा गाउँपालिका ५ तल्लो चेप्टेका एमालेका सक्रिय कार्यकर्ता दलबहादुर रानाको नेतृत्वमा पुरै गाउँ हिजो नेपाली कांग्रेसमा निःशर्त प्रवेश गरेका हुन ।
नेपाली कांग्रेस स्याङ्जाका नेता एवं संविधानसभा सदस्य राजु थापाले नवप्रवेशीहरुलाई पार्टी सदस्यता, अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा नेता थापाले मन्तव्य व्यक्त गर्दै बिरुवा गाँउपालिकालाई कांग्रेसमय बनाउने अभियानमा नवप्रवेशी साथीहरुको योगदान अमुल्य हुने बताए ।
नवप्रवेशी सम्पुर्ण युवा साथीहरूलाई नेपाली कांग्रेसको चारतारे झण्डा र रूखको छहारीमा हार्दिक स्वागत गर्दै उनले आगामी स्थानीय लगायतका तीनै तहका चुनावमा सिंगो बिरुवा गाँउपालिकामा विजय हात पार्न सबै दत्तचित्त भएर लाग्नुपर्ने बताउँदै नेता थापाले स्याङ्जाका दुवै क्षेत्रमा कांग्रेसलाई जिताउने अभिभारा पुरा गर्ने महाअभियानमा सबैको योगदान हुनुपर्ने बताएका थिए ।
सो कार्यक्रममा स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रीय सभापति तुलसी रेग्मी, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, नेविसंघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्री, कांग्रेस जिल्ला कार्य समितिका सदस्य लक्ष्मी केसी, कांग्रेस नेताहरु डोलबहादुर खड्का, देवेन्द्र केसी, प्रकाश वाग्ले, श्रीराम उपाध्याय, ध्रुव खाँड, लालबहादुर हमाल, हिमाल केसी, ओमनाथ शर्मा, नवराज वाग्ले, हेमराज वाग्ले, विरुवा गाँउपालिकाका सभापति डोलराज पोखरेल लगायतको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार