दशैं लागेसँगै बजारमा सुनको मूल्य बढ्यो, चाँदीको भाउ स्थिर
नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार १७:२२:५३
२२ असोज, काठमाडौं । दशैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएकोमा शुक्रबार दुई सय रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार २९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ काम भएको छ । बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रति १० ग्राम एक हजार तीन रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार
सेनाको सहयोगमा पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया
माघ ३, २०८१ बिहिबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार