बोर्डर नखुलेपछि बढ्यो च्याङ्ग्राको भाउ, एउटैलाई आधा लाख
नेपालबहस संवाददाता
असोज २२, २०७८ शनिबार २:१४:३७
२२ असोज, पोखरा । नेपालको उत्तरी नाका डेढ वर्षदेखि ठप्प छ । माथिल्लो मुस्ताङ, गोरखालगायतका हिमाली क्षेत्रको दैनिकी नै नाकाले मुस्किल बनाइरहेको छ । नाका बन्द भएपछि हिमाली जनजीवन मात्र होइन, नेपालका पहाडी र शहरियाहरूको भान्सा पनि महँगो भएको छ ।
सधैँजसो च्याङ्ग्राले दशैँ मनाउने पोखरा र आसपासका उपभोक्तालाई यस वर्ष च्याङ्ग्राको मूल्य सुनेरै तर्सिनुपर्ने अवस्था आएको छ । यस वर्ष तिब्बततिरबाट भेडा, च्याङ्ग्रा झरेनन् । मुस्ताङका किसानको गोठमा भर पर्दा भाउ महँगो भएको व्यवसायीहरू बताउँछन् ।
तिब्बतबाट च्याङ्ग्रा नआएपछि स्थानीय किसानले भाउ ह्वात्तै बढाए । ‘गोठमै महँगो छ । बाटोमा भेटेरिनरी कर, पालिकाको कर तिर्दै ल्याउँदा मुल्यले आकाश छोयो’, व्यापारी गंगा केसीले भने, ‘मुस्ताङबाट पोखरा झार्न मात्र ११ दिन लाग्छ । हाम्रो दुस्ख छाडेर बेच्दा पनि बिक्न गाह्रो छ ।’
उनले मात्र २०० वटा भेडा, च्याङ्ग्रा झारेका छन् । रोजेर लिने च्याङ्ग्राको मूल्य न्यूनतम ४७ हजार रुपैयाँ पर्ने उनले सुनाए । ‘गोठमै ४१ हजार भन्छन् । सबै खर्च कटाउँदा ५० हजार नाघ्छ’, उनले थपे, ‘मूल्य भन्दा पनि डराउनुपर्ने अवस्था आएको छ । उपभोक्ता मूल्य सुन्दै फर्किँदै गर्नुहुन्छ ।’
अघिल्लो वर्ष २८ हजार रुपैयाँ हाराहारी पर्ने मूल्य झण्डै उत्ति नै महँगिएको छ । दशैँ लक्षित भेडा, च्याङ्ग्रा पोखरा भित्रिन थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङलगायत जिल्लाबाट भेडा, च्याङ्ग्रा आउँछन् । यस वर्ष मुस्ताङबाट मात्र करिब १२ हजार भेडा, च्याङ्ग्रा बाहिरिएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जानकारी दिएको छ । हिमाली क्षेत्रमा पालिएका भेडा, च्याङ्ग्रा बढी स्वादिला हुने भएकाले उपभोक्ताको रोजाइमा पर्छन् ।
माग बढी भएकाले मूल्य बर्षेनि थपिँदै गएको हो । ‘यस साल दशैँमा च्याङ्ग्रा लिन हामी जोकोहीलाई मुस्किल पर्ने अनुभव गर्दै छु । मूल्य सुनेर त्यतिकै फर्केको छु’, पोखराका देवेन्द्रकुमार शेरचनले च्याङ्ग्राको फोटो फेसबुकमा हाल्दै भने, ‘पछि सस्तियो भने किन्लान्, नत्र धेरै उपभोक्ता मूल्य सुनेरै फर्किनुपर्ने अवस्था छ ।’
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले बिहीबार भेडा, च्याङ्ग्राको अनुगमन र स्वास्थ्य जाँच गराएको छ । ‘सबैजसो भेडा, च्याङ्ग्रा निरोगी छन् । मूल्य भने साह्रै महँगो भएछ’, अधिकृत सुरेश श्रेष्ठले भने, ‘मूल्य निर्धारण हामीले गर्ने अधिकार छैन । व्यापारीहरूले माथि नै धेरै मूल्य हालेको गुनासो गरेका छन् ।’
पोखरामा यस वर्ष पाँच हजार खसी-बोका दशैँका लागि आवश्यक पर्ने खसी-बोका व्यवसायी संघ कास्कीको अनुमान छ । खसी-बोकाको भने अभाव नरहेको संस्थाका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । ‘आवश्यक पर्ने खसी-बोकाको जोहो भइसकेको छ । अहिले बजारमा आठ हजारजति खसी-बोका छन् ।
अझै चार हजारजति आउँदै छन्’, उनले भने, ‘च्याङ्ग्रा महँगो भए उपभोक्तालाई विकल्प खसी-बोका छ । यसको मूल्य बढेको छैन ।’ पोखरामा नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसी-बोका ल्याइन्छ । दाङ र धादिङदेखिका खसी-बोका पनि आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार